
काठमाडौ । पोखरामा अक्सिजन अभावमा एक सुत्केरी सहित ७ जनाको मृत्यु भएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो ।
हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।
तनहुँ, भानुकी २५ वर्षीया गर्भवतीलाई गत शुक्रबार दिउँसोदेखि नै सुत्केरी व्यथा लागेको थियो। श्रीमान र उनका भाञ्जाले त्यही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएका थिए।
अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट कोरोना पोजेटिभ आयो। बच्चा जन्मिएपछि सुरुमा बच्चालाई पोजेटिभ रिपोर्ट आएको भएपनि पछि नेगेटिभ आयो । अहिले बच्चाको स्वास्थ्य सुधार हुँदै गएको छ । तर उनले आमाको दुध खान पाएनन् ।
सुत्केरी आमालाई भने श्वास फेर्न गाह्रो हुँदै गइराखेको थियो। अस्पतालले अचानक बिहीबार रातीदेखि अक्सिजनको अभाव भएको जानकारी बिरामी र तिनका आफन्तलाई दियो।
महिलाका आफन्तले अक्सिजन उत्पादन हुने क्षेत्र देखि हिमाल आरोहण गर्ने स्थान सम्म अक्सिजनको खोजी गरे ।
अन्त्यमा हिमाल आरोहण गर्नेले प्रयोग गर्ने सानो
अक्सिजन सिलिण्डरले भएपनि बचाउन खोजिएको थियो । तर यता सुत्केरीको राती करिब साढे १० वजे मृत्यु भयो । अक्सिजन लिन गएकाहरु रित्तै फर्किए । फोटो फाईल