मंगलबार १३ मंसिर २०७९

दाङ । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठो क्किँ दा  हायस माइक्रोमा आ गो लागेको छ । आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठो किँदा आ ग ला गी भएको स्थानीयले बताएका छन् ।

घटनामा ५ जना घाइते भएका छन् भने गाडी ज ले र पूर्ण रुपमा नष्ट भएको छ । आ ग ला गी  भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटना बारे थप विवरण आउन बाकी छ ।

काठमाडौँ – राष्ट्रघाती एमसीसी सदनबाट पारित गर्ने पाँचदलीय गठबन्धन सरकारको षड्यन्त्रवि रुद्ध सशक्त नेपाल बन्दमा उत्रिएका ६ राजनीतिक दल र दुई मोर्चाका नेता–कार्यकर्तामाथि सरकारले बिहानैदेखि धरपकड र गिरफ्तारी सुरु गरेको छ ।

प्राप्त समाचारअनुसार काठमाडौँबाट प्रहरीले बिहानै युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष सागर र सङ्गठनकै हुम्ला उपाध्यक्ष हिम्मत विकलाई काठमाडौँबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका युवा नेताहरूलाई कहाँ लगिएको छ र कस्तो व्यवहार गरिएको छ भन्ने कुनै थाहा नदिइएको भन्दै युवा सङ्गठन नेपालले आक्रोश व्यक्त गरेको छ ।

बन्दमा राजनीतिक पार्टीको मात्र नभएर जनसमुदायको पनि उल्लेख्य र प्रभावकारी उपस्थिति रहेको बताइएको छ । काठमाडौँका चाबहिल स्वयम्भू, कलङ्कीलगायत क्षेत्रमा स्थानीय जनसमुदायले बन्दको अवज्ञा गर्न खोज्ने दर्जनौँ यातायातका साधनमाथि कारबाही गरेको जनाइएको छ ।

राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् ।


Last Updated on: February 28th, 2022 at 1:37 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया