शुक्रबार ०५ आश्विन २०८०

एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले उमेरको परवाह नगरी सेनामा भर्ति हुन आह्वान गरेको छ । त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो । सेनाका कमाण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।

‘आज, युक्रेनलाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्,’ ट्वीटमा भनिएको छ, ‘तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिबन्धहरू छैनन् ।’ युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ ।

रुसी सेनाको आ क्र म ण पछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् । युक्रेनी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले लड्नुपर्ने बताउँदै आएका छन् ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 28th, 2022 at 2:50 pm
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया