बुधबार १० आश्विन २०८०

काठमाडौं

मेरो नाम अस्मिनी गुरुङ हो । भेरी अस्पतालको कोभिड आईसियुमा पहिलो चरणको कोरोना महामारीदेखि अहिले सम्म कार्यरत छु । हाम्रो ड्युटीको नाइट सिफ्ट चाही ७ बजेबाट सुरु हुन्छ । उहाँ बिरामी(डिल्ली रावत) चाही कोभिड आईसियुको १३ नम्बर बेडमा भर्ना हुनुहुन्थ्यो । अनि उहाँको अवस्था चाही पहिले देखि सिरियस नै हुनुहुन्थ्यो।

त्यसको सम्पुर्ण जानकारी डाक्टरले गराइसक्नु भएको थियो कि तपाईको बिरामीको अवस्था ग’म्भिर छ । जे–जे जानकारी दिनुपर्ने हो, त्यो सबै दिइसक्नु भएको थियो । अनि अचानक बिरामीको अक्सिजन लेभल घट्यो र २०–३० सम्म पुग्यो । त्यसपछि हामीले भेन्टिलेटरमा राखेर अक्सिजन दिने योजना बनायौं।

दुई जना बहिनीहरु पहिल्यै त्यहाँ थिए । मैले भेन्टिलेटर जोड्ने क्रममा उहाँ(मानबहादुर रावत)ले मलाई के भन्नुभयो भने, ‘कस्तो नर्स हो, भेन्टिलेटर जोड्न नआउने ।’ किनकी भेन्टिलेटरमा राख्ने वित्तिकै एकैचोटी अक्सिजन बढ्ने हुँदैन, समय लाग्छ।

‘कस्तो नर्स हो, कहाँदेखी पढेको हो ? लाईसेन्स खारेज गरिदिन्छु, जागिरबाट निकालिदिन्छु, यस्तो नर्सलाई यहाँ ल्याउने हो ? भेन्टिलेटर जोडेर मेरो बिरामी मार्न लागे ।’ भन्ने शब्द उहाँले निकाल्नु भयो।

त्यसपछि हामीले उहाँ (मानबहादुर)लाई बाहिर पठायौं । त्यसपछि हामीले जे–जे औषधि दिनुपर्ने थियो, त्यो दियौं । बिरामीको मृ’त्यु भइसकेपछि कन्फम(निश्चित) गर्नलाई ईसिजी गर्ने क्रममा एक जना हाम्रो स्टाफ सदिक्षालाई चाही ईसिजी गर्दा गर्दै १०/१५ जनाको समुहमा आएर घाँटी अ’ठ्याएर मा’र्ने कोसिस गर्दाखेरी भाग्दै–भाग्दै आइसकेपछि हामीहरु सबैजना भागेर कोभिड आईसियुभित्र एउटा क्याविन छ, त्यहाँ क्याविनभित्र लुकेर बस्यौं।

त्यहाँ पनि उहाँहरु सबै जना आएर ढोका फो’ड्नु भयो । ढोका फोडिसकेपछि भित्र जानु भयो । त्यसपछि हामी त्यहाँदेखी त्यहीतिर अट्याच ट्वाईलेट थियो, त्यहीनिर गएर लुक्ने कोसिस गर्दाखेरी उहाँहरु त्यहाँपनि आउनु भयो।

त्यो ढोका पनि फोड्दाखेरी चाही हामीसँग कुनैपनि विकल्प नभएपछि झ्यालबाट हा’म फाल्न’ बाध्य भयौं । त्यहाँदेखि भागेर हामी फेरि नयाँ भवन बनाएको छ, त्यहाँ लुकेर बस्यौं एक घण्टाजति । त्यहाँ बसेर हामी रोएका छौं, कराएका छौं । हामी चार जना स्टाफ नर्स र एक जना अनड्युटी डाक्टर हा’म फालेका हौं।

हामीले अस्पताल प्रशासनलाई पहिले नै जानकारी गराइसकेका थियौं कि बिरामीको आफन्त एकदमै आ’क्रो’शित हुनुहुन्छ, त्यही कारणले गर्दा हामीलाई प्र’हरी पठाईदिनुस् भनेर भन्दा पनि उहाँहरुले प्रहरी नपठाईदिँदा यस्तो घटना भएको हो।

चोटपटक खुट्टामा लागेको छ । एक जना बहिनीको पनि खुट्टामा धेरै चोट लागेर एक्सरे गर्न पठाएका छौं । गहिरो चोट चाही छैन । हामीलाई पहिल्यै यो’जना बनाएको लागेको थियो । अवस्था यस्तो थियो की हामी कराउँदा पनि कोहीपनि बचाउन नआउने अवस्था थियो।


Last Updated on: May 29th, 2021 at 2:29 am
७३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया