शनिबार २८ साउन २०७९

काठमाडौं । युक्रेनकी सुन्दरी अनास्तारिया लेना सेनामा प्रवेश गरेकी छिन्

रुसले युक्रेनमाथि हमला गरेपछि रुससंग युद्ध गर्न सेनामा प्रवेश गरेकी हुन् । उनले सेनामा प्रवेश गरेर बन्दुक बोकेका तस्वीरहरु सार्वजनिक भएका छन् ।

युक्रेनका आम जनताले रुसी सेनाविरुद्धको युद्धमा युक्रेनी सेनालाई साथ दिइरहेका छन् । त्यसमा लेना पनि समावेश भएकी हुन् । लेनाले सन् २०१५ मा मिस ग्रान्ड युक्रेनको उपाधि जितेकी थिइन् । उनले आफू रुस विरुद्ध युद्ध मैदानमा उत्रिएको धेरै तस्वीरहरु इन्स्टाग्रामक मार्फत सार्वजनिक गरेकी छिन् ।

बेलायती पत्रिका ‘डेली स्टार’ अनुसार २०१५ मा उनले २४ वर्षको उमेरमा मिस ग्रान्ड युक्रेनको उपाधि जितेकी थिइन् । उनी आफ्नो ग्ल्यामर जीवनशैलीलाई छोडेर सैनिक भेषमा रुसी सेनासँग युद्ध लड्न तयार छिन् ।

लेनाले आफ्नो हतियार बोकेको तस्वीर राख्दै सामाजिक संजालमा भनेकी छिन् “मैले आफ्नो घर जोगाउन हतियार उठाएको हुँ , जो कोहि कब्जा गर्ने नियतले युक्रेनको सिमामा प्रवेश गर्छ, मारिनेछ” ।

त्यसैगरी उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको तस्वीर सेयर गर्दै उनलाई साँचो र बलियो नेता भनेकी छिन्।
उनलाई इन्स्टाग्राममा करिब १ लख भन्दा बढिले फलो गरेका छन् ।


Last Updated on: February 28th, 2022 at 4:39 pm
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया