मंगलबार १३ मंसिर २०७९

काठमाडौँ – सडकमा कोही निश्किए सिधै गो ली हा न्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । यो सुर्खेतको खबर हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ । हिजो राति सवा आठ बजेदेखि लागेको कर्फ्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्रहरी खटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गो लीसमेत हा न्नसक्ने आदेश दिएको छ ।

‘हामी सकेसम्म परिस्थिति नबिग्रियोस् भन्नेमा केन्द्रीत भएका छौं । त्यसैले हिजो बेलुकादेखि नै कर्फ्यु आदेश जारी भएको स्थानमा निरन्तर सडकमा ननिस्कन नागरिकलाई माइकिङ गर्दै सूचना प्रबाह गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी डिएसपी रामप्रसाद घर्तीले भने, ‘अहिले परिस्थिति पूर्णरुपमा नियन्त्रणमा छ ।’

उनले हिजोको जस्तै अवस्था आए प्रशासनले दिएको आदेशअनुसार कारबाही गर्ने बताए ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा सोमबारदेखि सुर्खेत अशान्त छ । सोमबार सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले आगजनी र तोडफेड गरेका थिए ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका विभिन्न दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए भने नेपाली कांग्रेस र नेकपा माओवादीको कार्यालयमा तो ड फो ड गरेका थिए ।

बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


Last Updated on: March 1st, 2022 at 11:24 am
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया