सोमबार ३० साउन २०७९

काठमाडौँ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा गरिएको नेपाल बन्द सकिएको छ । तर बन्द सकिने लाग्दा सुर्खेतमा एमालेको पार्टी कार्यालयमा आ ग ज नी भएको छ ।

सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गर्दै आएका युवाहरुले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोड फो ड  र आ ग ज नी गरेका हुन् ।

सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रु ग्यास प्रहारसमेत गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आ ग  जनी  गरेका हुन् ।

सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए । संघीय राजधानी काठमाडौंलगायतका स्थानमा बन्दको प्रभाव नदेखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने प्रभाव देखिएको थियो ।

कार्यालय कसले जलायो भन्ने बारेमा अहिलेसम्म केहि आधिकारीक जानकारी आएको छैन । कसैले घटनाको जिम्मेवारी पनि लिएको छैन ।

सोमबार ब न्द को आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल छन् ।

हस्ताक्षर भएको चार वर्षपछि र संसद्‌मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता सोमबार प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । यसबीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।


Last Updated on: March 1st, 2022 at 1:09 pm
५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया