
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
नेपाल आयल निगमले जनाए अनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।
भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ ।
यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायको भनाई छ ।
प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने जनाइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने उपाध्यायको भनाई छ ।
निगमले जनाए अनुसार मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ ।
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’