आइतबार ०७ आश्विन २०८०

यतिबेला कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको छ । नेपालमा पनि कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या सयौ छन् । यस्तैमा खोटाङ निवासी गायक तथा संगीतकार जनम थुलुङले पनि कोरोनालाई जित्न सकेनन् ।

उनी गायक मात्र नभएर किराँती सस्कृती र पहिचानलाई निरन्तरता दिन दिनरात खटिएका थिए । जनम समाजवादी सास्कृतिक महासंघको साहित्य तर्फको केन्द्रीय प्रमुख समेत रहेका थिए ।

उनको आवाजमा ‘तिमिलाई हेरि’, ‘सिरिरी हावा चल्यो’, ‘रोक्नी वो च्योमिम्’, ‘खुवालुङ’, ‘सिङानी मायालु’, ‘मरे कटुन्जे’ लगायत गीतहरु गाएका छन् ।उनी संगै कला क्षेत्रका झन्डै आधा दर्जन बढी हस्तिहरुले कोरोनाका कारण ज्यान गुमाईसकेका छन भने दर्जन बढी संक्रमण संग लडिरहेका छन् ।


Last Updated on: May 29th, 2021 at 2:41 am
४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया