सोमबार १९ मंसिर २०७९

कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ। लामा यही फागुन ११ मा भक्तपुरको कौशलटारस्थित घर बाहिर मृत फेला परेका थिए।

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उनको शव परीक्षण गरिएकोमा चिकित्सकले लामाको मृत्युको कारण टाउको ठोकिएको उल्लेख गरेका छन्। ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड’ अर्थात् टाउको बजारिएर लामाको मृत्यु भएको पुष्टि भएको हो।

लामा ११ गते बिहान ७ बजेतिर आफ्नै कारबाट लडेको अवस्थामा घर बाहिर मृत भेटिएका हुन्। लामाको एउटा खुट्टा कारमा अड्किएको थियो भने शरीर घोप्टो परेर भुइँमा लत्रिएको अवस्थामा भेटिएको थियो।

शरीरमा हतियारको चोट नभएको र टाउकोमा रगत जमेका कारण लामाको मृत्यु भएको रिपोर्ट प्रहरीले परिवारलाई उपलब्ध गराएको बताइएको छ। फागुन ११ गते राति एकदेखि साढे दुई बजेको बीचमा उनको मृत्यु भएको अनुमान छ।

सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।

तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा बुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइ समेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्या’ट गर्थे । दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो ।

यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्या’ट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँट’थे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें ।

बुहारी लिली पनि के कम ? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् । हरराति यी दुईबीच च्या’ट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए ।

फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए ।

उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगे’हात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् ।

पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुट’पिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले ससुराबुहारीलाई केरकार गरिरहेको छ ।

 


Last Updated on: March 2nd, 2022 at 12:40 pm
१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया