सोमबार १९ मंसिर २०७९

काठमाडौं । युक्रेनमा भएको भीषण युद्धको पाँच दिनमा पाँच हजार ७१० रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीहरूले दाबी गरेका छन् ।

युक्रेनको जेनेरल स्टाफका एकजना प्रवक्ताले फेसबुकमा पोस्ट गरेको भिडियो सन्देशमा २०० भन्दा बढी रुसी सैनिकलाई युद्धबन्दी बनाइएको पनि बताएका छन् ।

ती अधिकारीले १९८ रुसी ट्यांक, २९ विमान, ८४६ बख्तरबन्द गाडी र २९ हेलिकोप्टर पनि ध्वस्त पारेको दाबी गरेका छन् । यी दाबीको स्वतन्त्र पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमणमा मस्कोको फौज ठूलो क्षतिबाट गुज्रिरहेको यूकेको रक्षा मन्त्रालयको विश्वास छ । रुसी सैनिक नमारिएको दाबी गरेको मस्कोले आइतबार आफ्ना सैनिकहरू हताहत भएको स्वीकार गर्न बाध्य भएको थियो । बीबीसीबाट ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: March 2nd, 2022 at 1:06 pm
३८० पटक हेरिएको

तपाईको प्रतिक्रिया