बुधबार २५ साउन २०७९

दार्चुला, १८ फागुन । दार्चुलाको व्यास गाउँपालिका(४ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन दार्चुला तिंकर सडकको डोकटमा मंगलबार साढे १० बजेतिर दुर्घटना हुँदा बझाङ घर भएका २३ वर्षीय वीरेन्द्र खड्काको किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । ट्याक्टर चालक बझाङकै मान बोहरा दुर्घटनापछि फरार छन् ।

व्यास गाउँपालिका क्षेत्रमा दार्चुला(तिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने काम सञ्चालन गरिएको छ । सडकको निर्माणमा प्रयोग भएको से २ त १७९९ नम्बरको ट्याक्टर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिए।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: March 2nd, 2022 at 1:45 pm
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया