
किभ–रुसी सेना युक्रेनी सहर खारकिभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो सहरको आ क्र मण तीव्र पारेको छ । रुसी सेनाले गरेको ब म ह मलामा दर्जनौं सर्वसाधारण मा रिएका छन् । दक्षिणको सानो सहर खेरसन पनि रुसी फौजको हातमा परेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी हवाई क्षेत्रमा उडानमा रोक लगाएको छ । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘पुटिनले ट्यांकमार्फत किभलाई घेरा हाल्न सक्छन् तर, उनले युक्रेनी जनताको मुटु र आत्म कहिल्यै प्राप्त गर्ने छैनन् । ’
बोइङ र एक्सनमोविलले रुससँगको सम्बन्ध तोडेका छन् । रुससँग सम्बन्ध तोड्ने यी दुई पछिल्ला कम्पनी हुन् । रुसी हमलामा ६ लाखभन्दा बढी मानिसहरुले युक्रेन छोडेर गएको राष्ट्रसंघले जनाएको छ ।
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’
हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’