शनिबार २८ साउन २०७९

काठमाडौँ । एक नाबालिग गायिकाले लगाएको गम्भिर आरोप खेपीरहेका कलाकार पल शाह प्रकरणबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । पलविरुद्ध गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल विरुद्ध बुनेको योजनाको अडियो बाहिरिएसँगै पलका फ्यानहरु अहिले उक्त समुहको खेदो खनेर लागिरेहेको छ ।

पल र गायिकाका सर्मथहरुले आ आफ्ना धारणाहरु बाहिर ल्याई रहेका बेला निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक संजालमा आफ्नो धारणा राख्दै लेखेका छन् यो चाहीँ दोषी हो, त्यो चाहीँ ठिक, एउटा पक्षसँग प्रेम, अर्कोसँग रिस ! गल्ली गल्लीमा न्यायलय घर घरमा न्यायाधिस !! भनेर उनले व्यग्य गरेका छन् ।

केहीदिन अघि उनले दुर्गेशलाई लक्षित गर्दै रामायणको उदाहरण दिँदै दुर्गेशलाई पलको भाई बनेर धोका दिएको संकेत गरेका थिए । त्यस्तै यो अघि दीपक राज गिरीले लेखेका थिए रामले युद्ध जिते किनकी पछाडी बाँदर सेना थिए । रावणले युद्ध हारे किनकी उनका पछाडी विभिषणहरु थिए । शुभदिन ।

केहि दिन अगाडिको पोस्टमा यस्तो लेखेका थिए :

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा९जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत ख’निएका छन् ।

उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले समिक्षासहितको टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ ।

अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ । अडियोमा टोलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी ९समीक्षा० बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ब’ला’त्कारको आरोपमा उजुरी परेको छ ।


Last Updated on: March 2nd, 2022 at 2:02 pm
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया