
रोम, १८ फागुन-सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराउनुभएको छ ।रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले रूसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री ड्राघीले बताउनुभएको हो ।सरकारले सम्भावित इन्धन सङ्कटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको छ ।
यूक्रेनमा रूसले आक्रमण गरेसँगै इटालीलगायतका यूरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ । इटालीको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार इटलीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९.१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८.६ प्रतिशत पुगेको छ । प्रारम्भिक तथ्याङ्कहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन् ।
ड्राघीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्यासमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रूसबाट आपूर्ति हुने गर्दछ । उहाँले भन्नुभयो, “रूसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ ।” इटालीमा बढ्दो गर्मीसँगै न्यानोका लागि प्रयोग गरिने ग्यासको मागमा कमी आउने बताइएको छ । इटालीसँग अहिले २ं५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ । (रासस÷सिन्ह्वा)
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’
हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’