शुक्रबार १६ मंसिर २०७९

इटली। युक्रेनको किभ सहरमा रहेका एक जना नेपाली र बिदेशी बिद्यार्थीहरु सोमबार किभ सहर छोडेका छन। ६ दिनदेखि जारी रुस र युक्रेनको यु, द्धका बीच सोमबार दुई देशबीच वार्ता पनि भएको थियो तर बार्ता उपलब्धि मुलक हुन सकेन । सोमबार दुइ देश बीच बार्ता चलिरहदा किभ सहरमा रहेका नागरिकले सो शहर छो, ड्न पाउने अनुमति पाएसंगै उनीहरु सोमबार त्यो ठाउँबाट निक्लेका हुन। किभ शहर छो,डे पनि उनीहरु अझै युक्रेन मै छन।

“पोल्याण्डको सीमा सम्म पुग्न हामीलाई सोचे जस्तो सजिलो भने छैन “हामी थकित छौ , ड,र पनि उस्तै लागेको छ “निरन्जन गुप्ताले डिसीनेपाललाई बताए । “हिजो किभ सहरबाट निक्लेको हामी आज बल्ल लिभिव सहर आइपुगेका छौ, अब यहाँ बाट पोल्याण्डको सीमामा जान अहिले ट्रेन स्टेशनमा छौ।’

युक्रेन छोड्ने मानिसहरुको भिड एकदमै धरै भएको कारण सबै लाइ समस्या परिरहेको उनले बताए। युक्रेनको राजधानीबाट अहिले उनी भएको लिभिव सहर लगभग ५ सय ५० किलोमिटरको दुरीमा छ । आज साझसम्म उनी पोल्याण्डको सीमासम्म पुग्न सक्ने आशा राख्दै बसेका छन। ‘ट्रेनमा हिडेको ७ देखि ८ घण्टामा हामी पोल्याण्डको सीमामा पुग्ने छौए उनले बताए ।

उनीहरु युक्रेनको राजधानी किभ सहरमा रहेको बोगोमोलेट्स राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु हुन। पोल्याण्डको सीमासम्म पुग्न लिभिव सहरमा ट्रेनको पर्खाइमा बस्ने उनी एक्लो नेपाली हुन्। यो समाचार तयार पार्दा सम्म उनी युक्रेनको लिभिव सहर मै छन्।

यसैबीच पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खाद्यान्न किन्न बंकर बाहिर निक्लदा रुसी सेनाले ख,सालेको ब,म बि,स्फोटमा परि उनको ज्या,न गएको हो। भारतको कर्नाटक सहरका उनी अध्ययनका लागि युक्रेनको खार्किव सहरमा थिए। खार्किव युक्रेनको दोस्रो ठूलो सहर हो जुन रुसी सेनाको भारी गोलाबारीमा परेको छ। भारतको विदेश मन्त्रालयले विद्यार्थीको परिवारसँग स, म्पर्कमा रहेको बताएको छ।


Last Updated on: March 3rd, 2022 at 10:51 am
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया