मंगलबार २० मंसिर २०७९

काठमाडौ । रुस–युक्रेनबीच अहिले युद्ध चलिरहेको छ । यी दुई देशबीच मनोवैज्ञानिक द्वन्द्व पनि सुरु भएको छ ।

युक्रेनले पक्रिएर कैद गरिएका रुसी सैनिकहरूका आँशुका धारा सहितका भिडियोले दुनियाँलाई नै रुवाएको छ ।

जसमा यी सैनिकहरूले युक्रेनमा आक्रमण गर्न आफ्नो युनिट पठाइँदैछ भन्ने थाहा नभएको बताएका छन् ।

यी सैनिकहरूले पनि स्वीकार गरे कि उनीहरूले आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनीहरूलाई आक्रमण गरेको निर्दोष नागरिकहरु मारेको यसको पाप आफूबाट कहिलै पार नपाउँने उनीहरुको स्वीकारोक्ति छ ।

युक्रेन सेक्युरिटी सर्भिसको फेसबुक पेजमा सेयर गरिएको भिडियोमा केही रुसी सैनिकहरूले हामीलाई तोपको चारो बनाएर पठाइएको बताएका छन् ।

हामीले युक्रेनमा शान्तिप्रिय मानिसहरूलाई मारिरहेका छौं। यी भिडियोहरूमा कब्जा गरिएका रुसी सैनिकहरूको अनुहारमा चोटपटक पनि देखिन्छ।

युक्रेनी सेनाले धेरै रुसी सैनिकको भिडियो सार्वजनिक गरेको छ । युक्रेनी सेनाले कब्जामा लिएका रुसी सैनिक आफ्नो झण्डा अगाडि बसेको भिडियो रेकर्ड गरेको छ । यसमा घाइते देखिएका एक रुसी सैनिकले यो हाम्रो युद्ध होइन भनेका छन् ।

आमाहरू र पत्नीहरू आफ्ना पतिहरूलाई रुसी सेनाको जागिर छोडेर भगाऊ । त्यहाँ बस्नु पर्दैन । हामीलाई त रुसले तोपको चारो बनाइसक्यो । कयौँको मृत्यु भइसक्यो ।

हाम्रो मृत्यु त भएन तर अब युक्रेनको जेलबाट हामी बाहिर आउँछौ भन्ने अवस्थामा हामी छैनौँ उनीहरुले रुँदै भनिरहेका छन् । युद्धको कारण मृत्यु र विनाशको लागि रोइरहेको यी भिडियोले देखाउँदछ ।

यसमा रुसी सिपाहीले आफ्नै सेनाप्रति असन्तुष्टि व्यक्त गर्दै लाश पनि उठाउँदैनन्, अन्त्येष्टि पनि नगर्ने बताएका छन् । यी मध्ये एक सैनिकले रुस र युक्रेनलाई युद्धक्षेत्रबाट बालबालिका हटाउन आग्रह गरे भने अर्कोले कसैले युद्ध नचाहेको चेतावनी दिए ।


Last Updated on: March 3rd, 2022 at 12:10 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया