शुक्रबार १६ मंसिर २०७९

काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी पास गर्न अमेरिकाबाट कुनै दबाब नभएको र एमसीसी नेपालको लागि महत्वपुर्ण रहेको बताएका छन्।

उनले भने फेरि पनि ‘हामी भारतसँग लगानी पनि अनुदान पनि ल्याउनुपर्छ, चीनसँग पनि सकेसम्म लगानि पनि ल्याउने हो। सबैबाट अनुदान पनि ल्याउने हो र कतिपय ठाउँमा ऋण पनि ल्याउनुपर्छ।’

उनले नेपाली कांग्रेस कुनै अलमल बिना एमसीसीलाई जसरी पनि अगाडी बढाउनुपर्छ भन्ने कमिटेट भएकोले कसैले दबाब नदिएको बताए।

एमसीसीलाई रोक्नु भनेको एउटा देशलाई चिड्याउनु पनि हो र नेपालले यति ठूलो अनुदान नलिदा घाटा हुने एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन्।

साथमा यो पनि: काँग्रेस मकवानपुरः एक सहसचिवबाहेक पदाधिकारीमा संस्थापन इतर पक्षका उम्मेदवार विजयी

नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको पदाधिकारीतर्फ संस्थापन इतर पक्षले जित हात पारेको छ । बुधबार सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणाममा संस्थापन पक्षका उम्मेदवारलाई पछि पार्दै इतर पक्ष उम्मेदवारले जित निकालेका हुन्।

कुल ६ जना पदाधिकारीका लागि भएको निर्वाचनमा संस्थापन पक्षले एक सहसचिव पदमा जित निकाल्दा ५ जना संस्थापन इतरबाट विजयी भएका छन्। मकवानपुरमा संस्थापनको नेतृत्व बुद्ध लामा र आनन्द पराजुलीले गरेका थिए भने इतर पक्षको नेतृत्व जयराम लामिछानेले गरेका थिए।

पदाधिकारी तर्फ कुल १७ सय ७१ मत गणना हुँदा उपसभापतिमा इतर पक्षका आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन्। कठायतले ६११ भने लामिछानेले ६०६ मत प्राप्त गरेका छन्। उनीहरूले उपसभापति पदमा उम्मेदवार रहेका गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, भीम लामा, रमेश गिरी र चन्द्रबहादुर पौडेललाई पराजित गरे।

विश्वकर्माले ५४२ मत पाउँदा बानियाँले ४८७ पाए भने लामाले ४६३, गिरीले ३५३ र पौडेल ८२ मत प्राप्त गरे। त्यस्तै सचिव पदका पनि इतरका उम्मेदवार विजयी भएका छन्। इतर पक्षबाट उम्मेदवार रहेका भीमसेन महतले ८१३ र इश्वर पाठकले ७३५ मत प्राप्त गरी विजयी भएका हुन्। उनीहरूले संस्थापन पक्षका यतिराज सापकोटा, अर्जुनप्रसाद चौलागाईंले, प्रदीप कोइराला र मानबहादुर पाटा मगरलाई पराजित गरे। सचिव पदका उम्मेदवार सापकोटाले ५४८ मत पाउँदा, चौलागाईंले ३९७, कोइरालाले ३६८ र मगले २५० मत पाए।

यता सहसचिव पदमा भने संस्थापन पक्षबाट एक जना र इतरबाट एक जना विजयी भएका छन्। सहसचिव पदमा संस्थापन इतर पक्षबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी भएका छन्। न्यौपानेले ८५० मत र बजगाईंले ५६२ मतका साथ जित हात पारेका हुन्। उनीहरूले सहसचिव पदका अन्य उम्मेदवार मिरा स्याङतान, रत्नबहादुर गोले, अर्जुनप्रसाद तिवारी, कृष्णप्रसाद दाहाल र सुमन कार्कीलाई पछि पार्दै जित हासिल गरेका हुन्। निर्वाचनमा स्याङतानले ५२० मत, गोलेले ४१४ मत, तिवारीले ३६२ मत, दाहालले २६९ मत र कार्कीले १२६ मत प्राप्त गरे।

काँग्रेस मकवानपुरको सभापतिमा भने संस्थापन पक्षका उम्मेदवार बुद्ध लामा सर्वसम्मत चयन भएका छन्। अधिवेशन अन्तर्गत आइतबारबाट सुरु भएको निर्वाचनको प्रक्रिया अन्तर्गत सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन प्रक्रिया पुगेको थियो । दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुली बीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा भएको छलफलबाट भद्र सहमति गर्दै सभापतिमा लामालाई चयन गरिएको हो।

पहिलो चरणमा भएको निर्वाचनको मत परिणाम अनुसार लामाले पहिलो, पराजुलीले दोस्रो र लामिछानेले तेस्रो स्थान प्राप्त गरेकाले सोही अनुसार लामालाई सभापति छेडिएको थियो। निर्वाचनमा लामाले ५९५ मत, पराजुलीले ५४५ मत र लामिछानेले ५३१ मत प्राप्त गरेका थिए।


Last Updated on: March 3rd, 2022 at 12:38 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया