
रुसी सेनाले युक्रेनमा आ’क्रमण गर्दा धेरैको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अ’सहाय देखिन्छन् र रुसी सेनासँग ल’डिरहेका छन्।
विश्वले नै भनिरहेको छ सबैभन्दा पहिलो ख’तरामा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की को ज्यान छ । दोस्रोमा उनको परिवार जो’खिममा छ ।
त्यसपछि युक्रेनका जो कोही नागरिक जो’खिममा छन् । रुसले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मार्न सक्ने वा लामो समयको कठोर जेलमा हाल्नसक्ने आँकलन शक्ति राष्ट्रहरुको समेत छ ।
यसैले अमेरिकाले आफ्नो देशमा शरण लिनका लागि भनेको छ । हामी जहाज पठाउँछौ । हाम्रो देश आएर आफ्नो देशको रक्षा गर्नुहोस् अमेरिकाले आधिकारीक रुपमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भनेको छ ।
तर उहाँले मलाई अहिले सवारी हैन मेरो देश बचाउँन हतियार चाहिएको छ । म मरे मेरो देशको माटोमा म’र्छु तर देश बचाउँन अन्तिमसम्म ल’ड्छु भनेर फर्काएको जवाफले अहिले विश्वभरी नै उनको तारिफ भइरहेको छ ।
तर कतै यो दुनियाँ कै लोभलाग्दो परिवार उजाडी ने त हैन भन्ने डरले विश्वभरीका मानिसहरु आ–आफ्ना इश्वरसँग यो परिवारको रक्षाको कामना गरिरहेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अन्तिम साससम्म लड्ने बताएपछि उनका लागि आर्शिवाद माग्ने विश्वभरी कै मानिसहरु छन् ।
राष्ट्रपति जेलेन्स्कीको भिडियो लगातार बाहिर आइरहेको छ। हालै, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको एक भिडियो सन्देश बाहिर आएको छ, जसमा उनी आफ्नी श्रीमती र बच्चाहरूको बारेमा कुरा गर्दा अ’सहाय र भा’वुक देखिन्छन्। जेलेन्स्कीले भने कि म रुसको पहिलो निशाना हुँ र मेरो परिवार दोस्रो हो ।
राष्ट्रपति जेलेन्स्की सामाजिक सञ्जालमा निकै सक्रिय छन्, उनी समय–समयमा आफ्नो र परिवारको तस्बिर शेयर गरिरहन्छन् । परिवारका बारेमा उनको भनाइपछि धेरैको मनमा यो प्रश्न उठिरहेको हुनुपर्छ कि राष्ट्रपति जेलेन्स्कीको परिवारमा को छन् ?
यदि तपाईं पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जो युक्रेनका राष्ट्रपति जेलेन्स्कीको परिवारको बारेमा जान्न चाहनुहुन्छ भने, पढ्नुहोस्।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको क्यारियर
रिपोर्टका अनुसार ४४ वर्षीय युक्रेनी भोलोडिमिर जेलेन्स्कीको जीवन र करियर अन्य नेताहरूको तुलनामा कठिन थियो।
उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ । राष्ट्रपति जेलेन्स्कीले २००० मा कीभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानूनको डिग्री लिए।
उनलाई कमेडी निकै मन परेको थियो, त्यसैले उनले अरु कलाकारहरुसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाए र त्यसपछि सन् २००३ मा त्यो ग्रुपबाट शो गर्न थाले ।
यसपछि उनले आफूलाई धेरै प्रभावित गर्ने कार्यक्रम गरे र त्यसबाट प्रभावित भएर राजनीतिक दल बनाए । यस पछि २०१८ मा, जेलेन्स्कीले राजनीतिमा प्रवेश गरे र जनताको सेवक अन्तर्गत राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे। त्यसपछि निर्वाचन हुँदा ७३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी
युक्रेनकी प्रथम महिला र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नीको नाम ओलेना भोलोडिमिरिभना जेलेन्स्का हो।