मंगलबार १३ मंसिर २०७९

The Gorkha News/ काठमाडौैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग भएको महाकाली सन्धि ठीक रहेको बताएका छन्।संसदबाट पारित अमेरिकी सहायता परियोजना एमसीसीबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो भनेका हुन।

महाकाली सन्धिपछि भारतले अहिले वार्षिक रु. चार अर्ब रुपैयाँ दिइरहेको छ, उनले भने, हामीले शारदा व्यारेजबाटै भारतले जति नै पानी पाउनुपर्छ। त्यो बिन्दुमा हामी पुगेका छौँ। उनले महाकाली सन्धिलाई अघि बढाएको बताउँदै यसलाई लिएर एमालेको अडान अहिले पनि पुरानै रहेको बताए।

साथमा यो पनि: नारायणकाजीको नयाँ पार्टीको नाम जुर्यो, उपाध्यक्ष, महासचिव र सचिवमा यी नेताहरुकाे नाम

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन गर्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवाद उत्कर्षमा पुगेसँगै उनले नयाँ पार्टी गठन गर्ने भएका हुन्।

उनले नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट केन्द्र’ तय गरिसकेकासमेत विश्वस्त स्रोतले जनाएको छ। उनले निर्वाचन आयोगमा दर्ता गर्न लागेको नयाँ पार्टीमा वरीष्ठ उपाध्यक्षमा गिरिराजमणी पोखरेल र उपाध्यक्षमा लिलामणि पोखरेलको चर्चा रहेको छ। यस्तै महासचिवमा कृष्णबहादुर महरा र सचिवमा देव गुरुङ र लेखनाथ न्यौपानेको चर्चा रहेको विश्वस्त स्रोतले जनाएको छ।

नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग नयाँ पार्टी गठनका लागि आवश्यक परामर्शसुमेत सुरु गरिसकेका छन्। एमसीसीका सन्दर्भमा माओवादीले अन्तिम समयमा लिएको निर्णय र सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डको अभिव्यक्तिले श्रेष्ठलाई थप असन्तुष्ट बनाएको हो।

प्रचण्डले घुमाउरो भाषामा पार्टी छोड्न आग्रह गरेको भन्दै श्रेष्ठले तत्कालीन एकता केन्द्र मसाल पक्षका नेता कार्यकर्तालाई फोन गरेर सोध्न थालेको एक नेताले बताए।

‘नारायणकाजी कमरेडलाई प्रचण्डले घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने अभिव्यक्ति दिएपछि उहाँले आफू निकट नेता तथा कार्यकर्तालाई फोन गरेर कता लाग्ने भन्दै सोध्न थाल्नु भएको छ’, ती नेताले भने, ‘यदि मैले मेरो नेतृत्वमा पार्टी निर्माण गरेमा लाग्नुहुन्छ तरु भनेर सोध्नु थाल्नुभएको छ।

पार्टी अध्यक्षले नै पार्टी छोड भनेपछि राजनीति गर्ने मान्छे त्यही पार्टीमा बसिरहने भन्ने हुँदैन। नयाँ पार्टी बनाएर जानुपर्छ।’श्रेष्ठ निकट केन्द्रीय सदस्य २० भन्दा धेरै भएको दाबी गरिएको छ।

श्रेष्ठ पार्टी विभाजनको अवस्थामा पुगेपछि मंगलबार अपराह्न प्रचण्ड उनलाई भेट्न उनको निवास हात्तिवन पुगेका थिए। पार्टी विभाजनबाट श्रेष्ठलाई रोक्न प्रचण्ड उनको निवास पुगेका हुन्।एमसीसी पारित गर्ने निर्णय पार्टी महाधिवेशन विपरित भएको भन्दै श्रेष्ठले त्यस दिनलाई कालो दिनको रुपमा मनाउनुपर्ने उल्लेख गरेका थिए।

एमसीसीलाई व्याख्यात्मक रुपमा पारित गर्ने निर्णयमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत् नै असन्तुष्टि पोखेका हुन्। एमसीसीकै कारण श्रेष्ठ नयाँ पार्टी गठनको अवस्थामा पुगेका हुन्। (अन्नपूर्ण टाइम्स बाट)


Last Updated on: March 3rd, 2022 at 1:46 pm
३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया