शुक्रबार १६ मंसिर २०७९

जेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी नै रहेको छ। युक्रेनमा रुसी आक्रमणको आक्रमणको आज आठौं दिन हो।

रुसी कदमको विश्वभरी आलोचना पनि भइरहेको छ भने दुबै देशले मानवीय क्षति पनि बेहोरिरहेका छन्। दुई देशबीचको तनाव कम गर्नका लागि वार्ताको शुरुवात पनि भइसकेको छ।

यसैबीच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ। जहाँ एक रुसी सैनिकलाई युक्रेनीहरुले माया देखाएका छन्। युद्ध मैदानमा आफ्नै देश ध्वस्त पार्न आएका एक रुसी सैनिकलाई उनीहरुले दिएको मायाको विश्वभर चर्चा भइरहेको छ।

युद्धभूमिका एक रुसी सैनिकले आ,त्म,सम,र्पण गरे । त्यहाँका स्थानीयहरुले ती सैनिकमाथि कुनै क्षति पु¥याएनन्। बरु उनीहरुले ती सैनिकलाई चिया र खानेकुरा खान दिए।

त्यति मात्र हैन ती रुसी सैनिकलाई उनकी आमासँग भिडियो कलमा कुरा गर्न पनि दिएका छन्। सामाजिक सञ्जालमा यो अहिले निकै चर्चाको विषयमा बनिरहेको छ।

रुसी सेनाले किभका बासिन्दालाई यसो भन्यो
रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने ।

किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।

रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन् । रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ ।

रुसी सेनााका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।


Last Updated on: March 3rd, 2022 at 1:51 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया