बिहिबार ११ आश्विन २०८०

The Gorkha News/ काठमाडौं ।अमेरिकाले नेपालको संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्ट अनुमोदनलाई स्वागत गरेको छ।

अमेरिकाले एमसिसी अनुमोदनका कारण नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने जनाएको छ । संसदीय अनुमोदनका लागि शीर्ष नेताहरुलाई कूटनीतिक दबाब दिँदै आएको अमेरिकाले नेपालको सार्वभौम लोकतान्त्रिक निणर्य भन्दै प्रशन्नता व्यक्त गरेको छ।

‘एमसिसी कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निणर्य सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो’ अमेरिकी दुताबासद्धारा आइतवार राती जारी विज्ञप्तिमा भनिएको छ।

‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को आजको निणर्यका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ।’

नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्यारिला परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ।

हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ’ विज्ञप्तिमा भनिएको छ।

करिब २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको दुताबासको दाबी छ।

‘२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो’ अमेरिकाले भनेको छ, ‘अब यस पाँच-वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ।’


Last Updated on: March 3rd, 2022 at 4:23 pm
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया