शनिबार २८ साउन २०७९

काठमाडौ । युक्रेनी सेनाले रुससँगको युद्धमा हालसम्म नौ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ ।युक्रेनी सेनाले ट्वीट गर्दै यो जानकारी आधिकारीक रुपमा दिएको हो ।

तर, एक दिनअघि रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा आफ्ना मात्र ४९८ सैनिक मारिएको र १५९७ जना घाइते भएको स्वीकार गरेको थियो ।

युक्रेनी सेनाले गरेको दाबी अनुसार रुसलाई ठूलो क्षति पुगेको छ ।युद्धमा ९००० सैनिक मारिएको दावी गरिएको छ । यसैगरी २१७ ट्याङ्की खरानी पारिएको छ ।

युक्रेनको प्रतिरक्षा प्रणालीले युरोपको ९०० बीबीएम, ९० आर्टिलरी प्रणाली, ४२ एमएलआरएस र ११ वायु रक्षा उपकरण ध्वस्त पारिएको छ ।

युद्धका क्रममा रुसका ३० वटा विमान र ३१ वटा हेलिकोप्टर समेत ध्वस्त पारिएको युक्रेनको दावी छ । युक्रेनले अब केही दिनमा नै रुसलाई धुलो चटाउने र युद्धबाट हराएर कंगाल बनाउँने दावी गरेको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन्


Last Updated on: March 3rd, 2022 at 5:43 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया