आइतबार १७ मंसिर २०८०

बलात्कार अभियोगमा हाल हिरासतमा रहेका अभिनेता पल शाहबाट पीडित भनिएकी किशाोरीलाई मानसिक पीडा पुग्ने गतिविधि नगर्न अधिवक्ता राधिका खतिवडाले सम्बन्धित पक्षसँग आग्रह गरेकी छन्।भीडको पछि लाग्नेहरूले पीडितलाई झन् पीडित बनाउने काम गरिरहेको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्। जसबाट पीडित किशोरीले कुनै अप्रिय कदम चाल्ने आशंका गर्दै अधिवक्ता खतिवडाले सम्बन्धित पक्षलाई सचेत गराएकी छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

भीडको पछि लाग्नुभएका महानुभावहरू तपाईंहरुको गतिविधि, लेखाइ, बोलाइ र कार्यले पीडितलाइ झन् पीडा दिइरहेको छ। पीडित नाबालिकाले यो सबै ताप र पीडा सहन सक्ने उमेर पुगेको छैन’, बिहीबार बिहान अधिवक्ता खतिवडाले भनेकी छन्, ‘तपाईंहरूको बोली र गतिविधिले नाबालिकाले कुनै अप्रिय कदम चालिन् भने त्यसको जिम्मेवार को हो?’

त्यसैले विचाराधीन मुद्दालाइ प्रभावित पार्ने गरी नाराजुलुस नगर्न उनले आग्रह गरेकी छन्। अधिवक्ता खतिवडाले अहिले भीडको पछि लागेका मानिसहरूले बिस्तारै कानुन बुझ्ने आशा पनि व्यक्त गरेकी छन्।

उनले भनेकी छन्, ‘सत्य के हो त्यो पनि बुझ्नुहुनेछ, आफ्नो छोरी-बहिनी, चेलीबेटीमाथि कसैले विवाह गर्ने झुटो आश्वासनमा पारेर नाबालिक उमेरमा करणी गरे भने कस्तो चोट पर्ला, त्यो पनि सायद अनुभुत गर्नुहुनेछ।’

उनी तिनै अधिवक्ता हुन्, जसले पीडितका पक्षमा वकालत गर्ने वचन दिएकी छन्।

याे पनि : पल र पीडितबीच सहमतिमै शारीरिक सम्बन्ध भएको हो भने पनि बलात्कार हो: अधिवक्ता खतिवडा

अदालतकाे भरोसा र उच्च समान गर्न आग्रह गर्दै उनले अदालतले दूधको दूध, पानीको पानी छुट्याउने विश्वास पनि दिलाएकी छन्।

‘कसैमाथि न्यायको याचना गर्दैगर्दा निर्दोष मानिसमाथि अन्याय नहोस् भन्ने कुरामा पूर्ण सचेत छु र दोषी हो भने कारबाही हुनुपर्छ भन्ने मान्यता राख्दछु’, उनले भनेकी छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****


Last Updated on: March 4th, 2022 at 11:17 am
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया