शुक्रबार १६ मंसिर २०७९

काठमाडौं । एक साता भन्दा लामो समयदेखि युक्रेनमा युद्ध जारी छ ।

यो बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग कुरा गरेका छन् ।

कुराकानीमा पुटिनले युक्रेनमा जे भए पनि रुसले आफ्नो सैन्य हस्तक्षेपको लक्ष्य हासिल गर्ने स्पष्ट पारेका छन् ।

फ्रान्सेली र रुसी राष्ट्रपतिहरूले फोनमा कुरा गरेपछि जारी गरिएको विज्ञप्तिमा, क्रेमलिनले यो कुरा स्पष्ट पारेको हो । रुस आफ्नो लक्ष्यहरूमा युक्रेनको असैनिकीकरण र तटस्थता राख्ने कुरामा दृढ छ ।

 

रूसी र युक्रेनी अधिकारीहरू बीचको वार्तामा ढिलाइ गर्ने किभको कुनै पनि प्रयासलाई मस्कोले पहिले नै तय गरिसकेका मागहरूको सूचीमा थप कुराहरु थप्ने परिणाम हुने बताइएको छ ।

भ्लादिमिर पुटिनले किभका प्रतिनिधिहरूसँगको वार्ताको सन्दर्भमा आधारभूत दृष्टिकोण र सर्तहरू विस्तृत रूपमा उल्लेख गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै भन्दा पहिले, हामी युक्रेनको निशस्त्रीकरण र तटस्थ स्थितिको बारेमा कुरा गर्दैछौं, ताकि रुसी संघलाई यसको क्षेत्रबाट कहिल्यै खतरा नआओस् ।’

विज्ञप्तिमा विशेष सैन्य कारबाही कार्यहरू जुनसुकै अवस्थामा पूरा हुनेछन् भन्ने कुरामा जोड दिइएको छ । युक्रेनमा रुसको ‘विशेष अभियान’ ‘योजनाअनुसार’ चलिरहेको विज्ञप्तिमा उल्लेख छ ।

किभमा रुसी सेनाले बमबारी गरिरहेको रिपोर्टहरू रूस विरोधी डिसइन्फर्मेसन अभियानको हिस्सा भएको कुरा पनि उल्लेख गरिएको छ ।

रुसी सेनाले नागरिकको सुरक्षाका लागि सक्दो प्रयास गरिरहेको छ । रुसले युक्रेनमा आफ्नो कारबाहीलाई विशेष अपरेसन भनेको छ, जुन यो क्षेत्र कब्जा गर्नको लागि डिजाइन गरिएको होइन ।

तर आफ्नो दक्षिणी छिमेकीको सैन्य क्षमतालाई नष्ट गर्न र यसलाई खतरनाक राष्ट्रवादीहरूका रूपमा लिनेहरूलाई कब्जा गर्न डिजाइन गरिएको हो


Last Updated on: March 4th, 2022 at 11:25 am
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया