शुक्रबार १९ जेठ २०८०

बुधबार एक रुसी सेनाले युक्रेनीहरू सामु आ’त्मसमर्पण गरिसकेपछि रुँदै आफ्नी आमालाई फोन गरेको भिडियो यतिबेला रुस र युक्रेन दुवै देशमा भाइरल भएको छ ।

भिडियोमा भर्खरको उमेरका ती रुसी सेनालाई ह,’तियार फालिसकेपछि वरपरका महिलाहरूले सम्झाउँदै फकाउँदै गरेको देखिन्छ ।एक महिलाले उनको ढाडमा सुम्सुम्याउँदै ‘सबै ठिक हुन्छ ठिक छ’ भनिरहेको देखिन्छ । त्यसपछि उनलाई त्यहाँका सबैले चिया दिन्छन् ।

चिया पिउँदै उनले रुँदै आमासँग पनि कुरा गरिरहेका छन् जहाँ स्थानीयले नै उनको हातमा फोन दिइरहेको देखिन्छ । आमासँग कुरा गर्दागर्दै रोएका ती रुसी सैनिकलाई सबैले हौसला दिन्छन् । एक महिलाले त फोनमा बोल्दै उनकी आमालाई ‘तपाईंको छोरा जीवित र स्वस्थ छ’ पनि भनिरहेकी छन् ।

त्यही भिडमा उभिरहेका एक युक्रेनी पुरुषले भनेका छन्, “यसमा यी युवाहरूको कुनै गल्ती छैन । यिनीहरूलाई त यहाँ किन आएको पनि थाहा रहेनछ । उनीहरू पुरानो नक्साको प्रयोग गरिरहेका रहेछन् त्यसैले हराइरहेका छन् ।”सबैतिर भाइरल बनेको यस भिडियोको तल लेखिएको छ, “रुसी सेना तिमीहरू आ’त्मसमर्पण गर, युक्रेनीयन जनताले तिमीलाई खान दिनेछन् । तिमी केवल समर्पण गर ।”

त्यस्तै यसमा धेरैले ती सैनिक कति जवान छन् भन्ने बारेमा पनि चर्चा गरेका छन् । यसअघि युक्रेनको रक्षा मन्त्रालयले त्यसरी पक्राउ परेका जवान सेनाहरूलाई तिनका आमाले आएर लैजान सक्ने बताएका थिए ।मस्कोलाई लज्जास्पद तुल्याउने प्रयास अनतर्गत युक्रेनले रुसी अभिभावकका लागि एउटा टेलिफोन ह’टलाइन पनि राखिदिएको छ ।

एक प्रमाणित सामाजिक सञ्जाल पोस्टमा आफ्ना छोरा त्यसरी युक्रेनमा पक्राउ परेको पाएमा तिनका आमाहरूले रुसदेखि युक्रेनको राजधानीसम्म यात्रा गर्न सक्ने भनिएको छ ।यसमा युक्रेनी मन्त्रालयले इमेल–एड्रेस र फोन नम्बर पनि दिएको छ, जसमार्फत कुनै सेना पक्राउ परेको या मारिएकाबारे थाहा पाउन सकिनेछ ।

यसपछि उनीहरू बेलारुसबाट पोलिस सीमानासम्म ट्याक्सीमा आउन सक्छन् र त्यहाँबाट उनीहरूलाई हस्तान्तरण गर्ने ठाउँसम्म पुर्‍याइनेछ ।एक युक्रेनी अधिकारीले लेखेका छन्, “हामी युक्रेनीहरू पुटिनजस्तो क्रुर छैनौँ । हामी आमा र तिनका कै’द बच्चाहरूसँग लड्दैनौँ । हामी उनीहरूलाई किभमा पर्खिएर बस्नेछौँ ।”

विभिन्न रिपोर्टकाअनुसार अहिले धेरै रुसी सेनाहरूले या त यु,’द्धबाट भाग्ने या आत्मसमर्पण गर्ने प्रयास गरिरहेका छन् । यसमा रुसी सेना बलसँग खानेकुरा र इन्धन दुवै सकिँदै गएको हुँदा भोकले आत्तिएका धेरैले लुटपाटको तरिका अपनाइरहेको र कतिले चाहिँ खानका लागि आफ्नो सैन्य पहिरन र ह,’तियारसमेत त्यागिरहेको पाइएको छ ।

अवरुद्ध रेडियो सन्देशहरूले पनि रुसी सेनाले युक्रेनी सहर जलाउन, भत्काउन, नष्ट गर्न लगायतका आदेश मान्न अस्वीकार गरिरहेको देखिएको छ । जस्तै अर्को एक भिडियो फुटेजमा पनि पक्राउ परेका एक रुसी सैनिक रुँदै आफूलाई किन त्यहाँ आएको भन्ने थाहा नभएको बताइरहेका छन् ।

शान्ति सेना भनेर किन यु,’द्धमा पठाइएको भन्ने आफूले बुझ्न नसकेको उनले दाबी गरिरहेका छन् । त्यस्तै एक घा’इते रुसी सैनिकले भनेका छन्, “यो हाम्रो यु,’द्ध होइन । आमा दिदी बहिनीहरू आफ्ना पति र छोराछोरी लैजानुहोस् । हामी यहाँ रहन आवश्यक नै छैन ।”

रुँदै गरेका अर्का रुसी कै’दिले पनि भनेका छन्, “यहाँ कसैको श’व पनि उठाइँदैन कुनै अ’न्त्येष्टि समेत गरिँदैन ।” शव छुने बित्तिकै रसियन फे’डेरल से’क्युरिटी सर्भिस (एफएसबी) ले गि’रफ्तार गर्ने गरिएको उनले बताए । पक्राउ परेका केही सैनिकहरूले बताएअनुसार यु,’द्धमा ल’ड्न अस्वीकार गरे उनीहरूलाई गो,’ली हा’नेर मा,’र्ने भनिएको थियो ।

यसअघि एक वरिष्ठ अमेरिकी अधिकारीले न्युयोर्क टाइम्ससँग कुरा गर्दै कतिपय रुसी सेनाहरूले नि’दोर्षलाई मार्नु नपरोस् भनेर आफ्नै ट्यांकमा जानीजानी प्वाल पारिरहेको समेत देखिएको बताएका थिए । त्यस्तै अन्य प्राप्त रेडियो सिग्नलका अडियोमा चाहिँ सेनाहरूलाई सुरुवातमा युक्रेन सजिलै कब्जा गर्न सकिने ठूलो ल’डाइँ ल’ड्नु नपर्ने भनिएको पनि पत्ता लागेको छ ।

पक्राउ परेका अधिकांश रुसी सेनाले आफूहरू सीमा क्षेत्रमा प्रशिक्षण लिइरहेको भन्ने ठानेको र पछि मात्र युक्रेन ह’मलामा पठाइएको थाहा पाएको बताउने गरेका छन् ।युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले गए रातिको वक्तव्यमा पनि हजारौँ रुसी सैनिकहरू पक्राउ परेको दाबी गरेका छन् ।

युक्रेनी सेना, सीमा क्षेत्रका सुरक्षाकर्मीदेखि साधारण किसानले समेत हरेक दिन सयौँ सङ्ख्यामा रुसी सेनालाई पक्रिएको उनले बताएका छन् । यसरी युक्रेनी सेना भन्दा दर्जनौँ गुणा बढी सङ्ख्यामा भएपनि श’त्रुको मनोवल लगातार घटिरहेको उनले थप भनेका छन् ।

युक्रेनी जनता र अन्तर्राष्ट्रिय समुदायबाट व्यापक प्रशंसा र समर्थन पाइरहेका जेलेन्स्कीले भोका रुसी सेनाहरू युक्रेनका सुपरमार्केटमा लु’टपाट मचाइरहेको आरोप पनि लगाएका छन् ।उनी भन्छन्, “उनीहरू कुनै श’क्तिशाली यो,’द्धा होइनन् केवल द्विविधामा परेका बच्चाहरू हुन् ।

तरपनि उनीहरूले यहाँ शान्ति पाउन सक्दैनन्, यहाँबाट खानेकुरा लिन सक्दैनन् । उनीहरू सबैले हाम्रो कहिल्यै हार नमान्ने शैलीलाई सधैँ याद राखिरहनेछन् ।”यअसघि जेलेन्स्कीले रुसले युक्रेनी जनता, युक्रेनको इतिहास र एउटा सिङ्गो देशलाई नै मेटाउने प्रयास गरिरहेको आरोप लगाएका थिए । डेलिमेल। भिडियो

 


Last Updated on: March 4th, 2022 at 11:54 am
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया