बुधबार २० मंसिर २०८०

मनाङमा बाढी : ६ घर विस्था’पित, चार टहरा र पक्की पुल बगायो, आवत जा’वत बन्द !
May 29, 2021 6
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

काठमाडौं :- हिमालपारीको मना’ङ सदरमुकाम चामेको नयाँबजार क्षेत्रमा बुधबार रातिदे’खिनै परेको वर्षाका कारण पर्न गएको प्रभावले स्थानीय खहरे खोलामा बाढी आएको छ। जस कारण दर्जनौ घरहरु जोखिममा परेका छन्। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ। २ किलोमिटर सडक क्षत’विक्षत बनाएको छ।

मनाङका प्रमुख जिल्ला अधि’कारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको बताए। प्राप्त जानकारी अनुसार बाढीले एभरेष्ट होटल’को शौचालय, कुखुराको खोर बगाएको र मुख्य भवनको जग धरापमा पारेको छ ।

मनाङको चामे बजारमा बाढी पसेका’ले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बाढी नियन्त्रण गरेका थिए। वर्षा जारी रहेकाले जोखिम कायमै रहेको उनले बताए। बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भव’नमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ।

मनाङका जिल्ला संयोजक म’नोज सुवेदीले भने – सदरमुकाममा एक्कासी बाढी चलेपछि स्थानीय त्रसित बनेका छन्। ‘यतिबेला मनाङमा सञ्चार छैन, खानेपानी छैन, विद्युत, टेलिफोन केही छैन। ‘पानी पर्न नरोकिएकाले सबै’जना डराई डराई बस्नुपरेको छ।’

बिहीबार आएको बढीले तिमाङ’खोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो। पुल बगाउँदा बेसीशहर–चामे सडकखण्ड अबरुद्ध बनेको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्। दुईवटा पुल बगाएपछि तत्कालका लागि आवत’जावत बन्द भएको स्थानीय कमल गुरुङले बताए।

तिमाङखोलाको काठेपुल गत वर्ष’को बाढीले पनि बगाएको थियो। निरन्तरको वर्षासँगै आएको बाढीले तिमाङखोलामा निर्माण गरिएको बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ। गुरुङका अनुसार बाढीले स्यार्कुखोला लघु जल’विद्युत आयोजनाको ३० मिटर कुलो, बाँध, ह्युमपाइप, घट्टासमेत बगाएको छ।

 


Last Updated on: May 29th, 2021 at 12:14 pm
५५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया