शनिबार २८ साउन २०७९

उदयपुर । उदयपुरमा आ ग ला गी पीडितलाई अध्ययनका लागि जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ चप्पनस्थित स्थानीय तीलामाया बस्नेतको घर जलेर पूर्ण रुपमा क्षति भएको थियो ।

फागुन ७ गतेको आ ग ला गी बाट पूरै जलेको घरधनी बस्नेत परिवारलाई जापानमा अध्यायन गर्दै आएका नेपालीहरुले सहयोग पठाएका हुन् ।

एकल महिलासमेत रहेकी बस्नेतको घर आगलागी हुदाँ अन्नपात, लत्ताकपडा, भाँडाकुडा तथा जिन्स सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

जापानमा बस्दै आएका १५ जना विद्यार्थीहरुबाट संकलित ५१ हजार ९ सय चार रुपैयाँ शिक्षक तथा कांग्रेस महाधिवेशन प्रतिनिधि तिलक कटुवालले हस्ताणतरन गरेका थिए । घर पुनः निर्माणका लागि झण्डै दर्जन व्यक्तिले आर्थिक सहायता जुटाएका छन् ।

जसअनुसार निरज कटुवालबाट १० हजार १ सय, नरेन्द्र बस्नेतबाट ५ हजार एक सय, महेशकुमार कटुवालबाट ५ हजार एक सय, मेघराज थापाबाट पाँच हजार एक, रोहित थापाबाट पाँच हजार, निकेश कटुवालबाट तीन हजार, लिनम राउतबाट तीन हजार नगद संकलन भएको थियो ।

त्यस्तै, भरत थापाबाट दुई हजार पाँच सय, सिमा हमालबाट दुई हजार पाँच सय, धमान मगरबाट दुई हजार एक, राजिव दाहालबाट दुई हजार एक, नेत्र राउतबाट दुई हजार एक, विक्रम रायाबाट दुई हजार, सजल निरौलाबाट एक हजार पाँच सय र अर्जुन पहाडीबाट एक हजार एक सय गरी ५१ हजार ९ सय ४ रुपैया हस्तान्तरण गरिएको हो ।


Last Updated on: March 4th, 2022 at 1:10 pm
६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया