मंगलबार १३ मंसिर २०७९

झापा । साङ्लोमा बाँ धिएका झापा अर्जुनधारा नगरपालिका ५ का नौ वर्षीय बालक आकाश चौधरीको उद्धार भएको छ । सञ्चारमाध्यममा ९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिएको समाचार प्रकाशन भएलगत्तै उनको उद्धार भएको हो ।

मेची अभियानले बालकको घरमै पुगेर उद्धार गर्दै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोली घरमा पुगरे आकाशको उद्दार गरेको युवा सामाजिक अभियन्ता कौशल भण्डारीले जानकारी दिए ।

बालकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मासहितको टिमले उपचार गर्ने प्रवन्ध मिलाइएको बताइएको छ । चिकित्सकको टोलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेपछि उनको उपचारका लागि धरान लगिएको भण्डारीले जानकारी दिए । बालकको उपचार निःशुल्क हुने भएको छ ।

बालकलाई प्रतिष्ठानसम्म पुर्याउने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एम्बुलेन्स उपलब्ध गराएको सभापति लोकराज ढकालले बताए । आर्थिक अवस्था कमजोर हुँदा उपचार पाउनु पर्ने आकाशलाई केही महिना अघिदेखि साङ्लो बाँधेर राखिएको थियोे । उनमा अस्वाभाविक परिवर्तन आएपछि फलामे साङ्लोले बाँ धेर राखिएको हो ।

घर छाडेर जतासुकै जाने, जे पायो त्यही खाने, अस्वाभाविक व्यवहार देखाउन थालेपछि आकाशलाई साङ्लोले बाँधेर राखेको बुबा सेवुलालले बताएका थिए । पैसा अभावमा छोरालाई उपचारका लागि अस्पताल लान नसकेको सेवुलालको दुःखेसोसहितको समाचार प्रकाशन भएको थियो । आर्थिक अवस्था कमजोर भएका सोबुलाल दैनिक ज्याला मजदुरी गरेर गर्जो टार्दै आएका छन् ।


Last Updated on: March 4th, 2022 at 1:30 pm
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया