सोमबार ३० साउन २०७९

The Gorkha News/ काठमाडौ। माओवादी पार्टीका अध्यक्ष प्रचण्डले नेता होइन जनता नै लाेभी, पापि, अल्छि र काम चाेर, भएर नेता पनि खराव भए भनेर बताएका छन्। जुन हामीले समचारको अन्त्यमा भिडियो प्रस्तुत गरेका छौं। हेर्नुहोला।

साथमा यो पनि: विद्यमान सत्ता गठबन्धनकै साझेदार दलहरूको सहयोगमा बहुप्रतीक्षित एमसीसी कम्प्याक्ट ‘व्याख्यात्मक घोषणा’ समेत अनुबन्ध गरी अनुमोदन भएको छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो पूर्ववत् अडानबाट लचिलो भएपछि यो सम्झौता अनुमोदन भएको हो।

तर तिनै पार्टीका केही शीर्ष नेता भने अहिले जनता तथा कार्यकर्ता एवं कतिपय नेताकै आलोचनाको तारोमा परेका छन्। असन्तुष्ट कार्यकर्ता तथा क्रूद्ध जनताको असन्तुष्टि र संशयलाई दूर गर्न सोमबार खुमलटारबाट पत्रकार सम्मेलन गरी स्वयम् प्रचण्डले केही नयाँ भ्रमको जालो फ्याँकेका छन्।

आखिर किन प्रचण्ड र माधवकुमार नेपाल राष्ट्रघाती भनिएको एमसीसी पारित गर्न तयार भए भन्ने कुरा आजको पत्रकार सम्मेलनबाट पनि खासै उत्तरित भएन। यसमा अन्य कारण खोज्नै पर्दैन। यो हुनुमा अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालमा भएको भविष्यको भयले काम गरेको छ।

गत ८ फागुनमा संसदमा टेबल भएको एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाकृत संकल्पित भएर लागे। त्यसपछि आफ्नो अडानबाट पछि फर्किन अटेर गरेका दलहरूमा कोर्रा तब बर्सियो जब देउवा सहयोगका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली फकाउनतिर लागे।

गत भदौदेखि सांसदको बेल घेराउ गर्दै आएका एमालेजनको माग थियो- ‘सभामुखको बहिर्गमन‘एमालेले कारबाही गरेका
माधव, झलनाथलगायत १४ जना सांसदको पद खारेजीको सूचना सांसद सचिवालयले टाँस गर्नुपर्ने’ र ‘गठबन्धनको विग्रह अथवा गठबन्धन भत्किनुपर्ने।’

सत्ता गठबन्धनमा आवद्ध दलहरू बीच सहमति हुने अवस्था नदेखिएपछि देउवा ओलीको माग सम्बोधन गर्न समेत तयार भएको र छलफल समेत सकारात्मक निष्कर्षतिर उन्मुख रहेको
खबर प्रसारण भएपछि गठबन्धन सम्बद्ध दलहरू लचिलो हुन बाध्य भए।

हुन त दाहाल र उनको दल नेकपा माओवादीले पनि एमाले र ओली फकाउन नखोजेका होइनन्। प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको समेत प्रस्ताव गरेको खबरहरू प्रसारण भए तर, ओलीको माग माओवादीसँग कांग्रेसको भन्दा अझ अगाडि बढेर आयो। २०७७ कात्तिकमा ओलीविरुद्ध लगाएको कथित आरोपपत्र फिर्ता लिनुपर्नेसम्मको शर्तसहित आयो।

प्रचण्डले त्यो पत्र फिर्ता लिन सायद अप्ठेरो थिएन होला तर सभामुखको बहिर्गमन र माधव नेपालहरूको सांसद पदको खारेजी मान्नुपर्ने अवस्था अप्ठ्यारो थियो।

नेकपा कालदेखि निरन्तर साथ दिंदै आएका माधव नेपाललाई धोका दिनुभन्दा गठबन्धन यथावत् राख्नु भलो सम्झेको प्रचण्डको पत्रकार सम्मेलनको सन्देश थियो। यो त केवल आवरण यथार्थ हुन सक्छ। अन्तर्मनको डर भने सत्ता र शक्तिको आसक्ति र भविष्यको भय हो।

अब, हेर्नुहोस समचारको यो भिडियो


Last Updated on: March 4th, 2022 at 1:37 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया