सोमबार १९ मंसिर २०७९

काठमाडौं। रुसले गत बिहीवार युक्रेनमाथि अतिक्रमण गरेयता कम्तीमा १३६ जना गैरसैनिक नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

मारिनेमध्ये १३ जना बालबालिका रहेको उसको भनाइ छ।

तर राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तकी एक प्रवक्ता लिज थ्रोस्सेलले मृतकको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएकी छन्।

भीषण गोलाबारी, हवाई हमला तथा व्यापक असर पार्ने विस्फोटनमा परी अधिकांश मृत्यु भएको उनले बताइन्।

लडाइँमा परी अहिलेसम्म करिब ४०० जना घाइते भएको पनि राष्ट्रसङ्घले जनाएको छ।

युक्रेनी सरकारद्वारा सार्वजनिक विवरणअनुसार भने अहिलेसम्म ३५२ सर्वसाधारण मारिएका छन् भने १,६८४ जना घाइते भएका छन्।

सल्यान — शिवरात्रिमा भाङ खाएका सल्यानमा एक युवाको मृत्यु भएको छ । मंगलबार भाङ खाएर घर फर्किएपछि दार्मा गाउँपालिकाका १७ वर्षीय हिमाल विक्रम चन्दको मृत्यु भएको हो ।

मंगलबार शिवरात्रिमा दिउँसो अरबारे भन्ने स्थानमा घुम्न गएका बेला भाङ खाएर घर फर्किएपछि उनी बेहोस भएका थिए । दार्मा गाउँपालिका ३ फारुलाको दोभान पोलिक्लिनिक प्रालिमा उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार चन्दको मृत्यु भाङ खाएर हो अथवा अन्य कारणबाट भएको भन्नेबारे भने अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ । अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पुर्‍याइएको छ ।

चन्द घरमा आएपछि आफूले भाङ खाएको र टाउको दुखेजस्तो भयो भनेपछि अमिलाको चुक, पानी खुवाएको परिवारले जानकारी गराएको उनले बताए।


Last Updated on: March 4th, 2022 at 1:43 pm
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया