
गैँडाकोट । नारायणी नदीमा पौडी खेल्न गएका २ बालकको मृत्यु भएको छ । बिहीवार दिउसो २ वजे भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ विकासचोक घर भएका १० वर्षका बिदान गौतम रहेका छन् अर्का एक बालकको परिचय खुल्न सकेको छैन ।
उनिहरुको नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको छ ।
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।