शनिबार २३ मंसिर २०८०

पोखरामा सरकारी अस्पताल को हाता भित्र सालनालसहितको शिशु फा’लेर महिला फ’रार भएकी छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत को पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाता भित्र रहेको अस्पतालको पुरानो गाडीमा छाडेको।

अवस्थामा मंगलबार बिहान १० बजे नव’जात शिशु (पुरुष) फे’ला परेको अस्पतालका बालरोग विभाग प्रमुख, वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।अस्पतालमा बिहान १० बजे सालनालसहितको शिशु चिसो अवस्थामा फेला परेको हो ।

अस्पतालको टोलीले शिशुलाई त’त्कालै एनआइसीयुमा राखेर उपचार थाल्नुभएको थियो, शिशुमा अहिले सुधार भएको छ ।’ शरीर पुरै चिसो भैसकेको अवस्थामा बिहान १० बजे शिशु फेला परेपछि अस्पतालका बाल रोग विभागका डा. सहितको टोलीले शिशुलाई एनआइसीयुमा लगेर उपचार थालेको काठमाण्डौबाट डा. बास्तोलाले बताउनुभयो।

अस्पतालमा फालिएका शिशुको डा. सहितको टोलीले टेक केयर गरिरहनुभएको छ’एसपी थापाले भन्नुभयो, हामीले शिशु फालेर हिँड्ने आमाको खोजी कार्य गरिरहेका छौँ ।’अ’वैध स’म्बन्धबाट शि’शु जन्मिएपछि फालेर भागेको हुनसक्ने अस्पताल परिसरमा रहेका व्यक्तिहरूको अनुमान रहेको छ ।

शिशुलाई दिनभर एनआइसीयुमा भेन्टिलेटरमा राखेर कृ’त्रिम श्वा’सप्र’श्वास दिएर उपचार गरिएकोमा हाल सिप्याप मेसिनमा राखिएको र स्वास्थ्य सुधार उन्मुख रहेको डा. बास्तोलाले बताउनुभयो । अस्पतालमा सालनालसहितको शिशु फालेर फ’रार भएकी महिलाको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले बताउनुभयो ।

 


Last Updated on: March 5th, 2022 at 10:55 am
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया