बिहिबार १५ मंसिर २०७९

यही १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित बसपार्कनजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय विद्यालयमा कक्षा-७ मा अध्ययनरत छन्। फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।

उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्धस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ। उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको काठमाडौंबाट उद्धार, मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भनी उनले प्रलोभन देखाका थिए।

 

सोही अनुसार मिर्गौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका–१६ माछापोखरी इलाकामा ल्याई दुई व्यक्तिलाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितहरुलाई उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो।

उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।

 


Last Updated on: March 5th, 2022 at 11:15 am
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया