सोमबार ३० साउन २०७९

रुसले युक्रेनमाथि हमला गरेपछि विश्व नै विभाजित देखिएको छ । कतिपय देशहरुले तटस्थ भूमिका निर्वाह गरेका छन् । यो रुस र युक्रेनबीचको युद्ध भएपनि रुसविरुद्ध अमेरिकासहित पश्चिमा देशहरुको युद्ध जस्तो देखिनथालेको छ । विभिन्न देशहरुले यसमा आफ्नो संलग्नता स्पष्ट पार्न थालेका छन् । अधिकांश तटस्थ भूमिकामा छन् । केही अमेरिकासहित पश्चिमा देशको पक्षमा उभिएका छन् । थोरै देशमात्र रुसको पक्षमा खुलेका छन् ।

अमेरिकासहित यूरोपेली युनीयनका देशहरु रुसविरुद्ध एकढिक्का भएका छन् । बेलायत, अष्ट्रेलिया, जापान अमेरिकाको पक्षमा उभिएका छन् ।रुसको पक्षमा सिरिया, बेलारुसलगायतका मुलुक देखिएका छन् । चीन पनि रुसको पक्षमा नखुलेपनि उतै ढल्किएको छ । भारत तटस्थ भूमिकामा देखिएको छ । उसले अमेरिका र रुस कुनै देशको पक्षमा आफूलाई उभ्याएको छैन ।

छिमेकी चीन र भारत रुस युक्रेन युद्धमा कतै पनि नलागेको अवस्थामा रहेपनि नेपाल भने अमेरिकाको पक्षमा देखिएको छ । नेपालले रुसले युक्रेनमाथि गरेको हमलाको विरोध गरेको छ । दक्षिण एशियाली मुलुकहरुमध्ये रुसको कदमविरुद्ध कडा विज्ञप्ति निकाल्ने नेपाल मात्र हो ।

२४ फेब्रअरीमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले युक्रेनमाथि सैन्य फौजको प्रयोग गर्ने रुसी कदमको खुलेरै विरोध गरेको छ । युक्रेनको डोनेत्स्क र लुहास्न्सको नाम उल्लेख गरी स्वतन्त्र देशको मान्यता प्रदान गरिने युएन चार्टरविरुद्ध भएको उल्लेख गरेको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: March 5th, 2022 at 11:43 am
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया