सोमबार ३० साउन २०७९

क्वालालम्पुर : मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा रहेको सामसुङ मलेसिया कम्पनीले कामदारलाई उत्कृष्ट सुबिधा दिने कम्पनीमा परेको छ ।सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १५ सय पुराएको छ ।

यो घोषणा संगै अन्य कम्पनीलाई अब बेसिक तलब १४ सय बनाउनै पर्ने दबाब सृजना भएको छ भने अन्य ठुला कम्पनीलाई पनि तलब सुबिधा बढाउन दबाब आएको छ ।सेवा सुबिधा र बेसिक तलब मापनको मामिलामा पहिलो कम्पनी बनेको छ । अन्य कम्पनीले १२ सय बेसिक तलब दिने गरेकोमा दुई चार वटा कम्पनिले मात्रै सरकारले तोकेको बेसिल तलब दिएका छन् ।

सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १५ सय पुराएको छ ।

मलेसियामा रहेको सामसुङको फ्याक्ट्रीमा ठूलो संख्यामा नेपाली कामदार काम गर्दै आएको मलेसियामै रहेका एक नेपालीले बताए ।

कामको मामिलामा थोरै गाह्रो भए पनि तलब र अन्य सेवा सुबिधा राम्रो मानिन्छ सामसुङ मलेसियामा ।

स्थानीय समाचार संस्थाले जनाए अनुसार मलेसियामा सबैभन्दा धेरै बेसिक तलब दिने पहिलो कम्पनी नै सामसुङ रहेको जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****


Last Updated on: March 5th, 2022 at 12:05 pm
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया