बिहिबार ११ आश्विन २०८०

किशोरीमाथि कर णी गरेको भन्दै पल शाहविरुद्ध अहिले तनहुँ जिल्ला प्रहरी कार्यालय र नवलपुरमा समेत दुईवटा जाहेरी दर्ता भएका छन् । तनहुँ प्रहरीले पललाई पक्राउ गरिसकेको छ । यो प्रकरणले अहिले सामाजिक सञ्जाल त’रंगित बनिरहेको छ । यस घटनाका बारेमा अनेकन गशिपहरु बनिरहेका छन् । शाहको मुद्दामा जनमत विभाजित छ। समर्थकको केही समूह पलको पक्षमा तनहुँ प्रहरी परिसरमा अनुसन्धानमै असर पर्नेगरी नाराबाजी र हु’लहु’ज्जत गर्नमा लागिपरेको छ।

कसुर गरे सजायँ र नगरे सफाइको कानुनी व्ययवस्था हुँदाहुँदै समर्थकहरु भने शाह नियन्त्रणमा परेदेखि तनहुँ पुगेका छन्। समर्थकलाई पछ्याएका छन् युट्युब पत्रकारिता गर्नेहरुले। पत्रकारिता भनेर उनीहरुले जनमत विभाजित पार्ने, अनुसन्धान प्रभावित पार्ने खालले सामग्री उत्पादन गरिरहेका छन् । एकपक्ष रुपमा पलका समर्थकको आ’क्रो’श र पीडित पक्षको दोहोलो का’ड्ने गरी प्रसारित भइरहेका सामग्रीले न्याय सम्पादनको प्रक्रिया पूरा नहुँदै समाजले स्वघोषित फैसला सुनाउने अवस्था सिर्जना भएको छ।

युट्युबर र सामाजिक अभियन्ताका नाममा उनको बचाउमा अभियान नै छेडिएको छ। उनलाई पछ्याउँदै काठमाडौंको अनामनगरमा ‘पल शाहलाई न्याय दे’ अभियान नै चल्यो। उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाएका थिए। एकातिर अभियुक्तको पक्षमा अभियान र अर्कोतिर पीडितलाई कमजोर पार्न खोजेको आ’क्रो’शले समाज विभाजित भइरहँदा अनुसन्धान पक्ष प्रभावित हुन्छ कि चिन्ता पनि छ।

यता युट्युबमा एउटा भिडियोमा दुर्गेश थापाको समर्थन गरेको भन्दै युट्युबरलाइ नै पानीको बोत्तलले झ’टा’रो हा’नेको दृश्य पनि देखिएको छ । पलका फ्यानहरु दुर्गेश थापा र पिडित गायिकाको नाम पनि लिन चाहँदैनन् उनीहरु पल बिरुद्द लागेको आरोप कुनै प्रमाण नभएको दावी गर्छन । बाँकि तलको


Last Updated on: March 5th, 2022 at 12:08 pm
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया