सोमबार २३ साउन २०७९

कृष्ण सागरस्थित बन्दरगाह सहर खेर्सन युक्रेनको प्रमुख प्रशासनिक तथा आर्थिक केन्द्र हो । पानीजहाज निर्माण कम्पनीहरू रहेको सहरमाथिको नियन्त्रण रुसका लागि निकै महत्त्वपूर्ण ठानिएको छ । यो रुसी फौजले आक्रमण थालेयताकै ठूलो सफलता हो ।

खेर्सनका मेयर इगोर कोलिखैएभले सहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको जनाउँदै सर्वसाधारणलाई ‘सशस्त्र पर्यटक’ को निर्देशन पालना गर्न आग्रह गरेका छन् । कोलिखैएभले ‘आफूहरूमाथि आक्रमण नगर्न रुसी फौजलाई आग्रह गर्न सर्वसाधारणलाई भनेको’ बताएका छन् । ‘मैले उनीहरूसँग केही वाचा गरेको छैन,’ उनले भने, ‘सर्वसाधारणमाथि गोली प्रहार नगर्न मात्र भनेको छु ।’

खेर्सन नियन्त्रणमा लिएसँगै रुसी फौजले क्राइमियासम्म नहरमार्फत पानी आपूर्ति गर्न सहज भएको छ । त्यस्तै, अर्को बन्दरगाह सहर मरिउपोललाई पनि नियन्त्रणमा लिन रुसी सेनाले चारैतर्फबाट घेरेर आक्रमण तीव्र पारेका छन् । रुसी फौजले आवासीय क्षेत्रमा विद्युत् र खानेपानी आपूर्ति बन्द गरिदिएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

त्यहाँ दुई दिनदेखि बिजुली र पानी केही छैन । हामीसँग अब खानका लागि पनि खासै केही छैन,’ एक आवासीय भवनमा लुकेर ज्यान जोगाइरहेका २७ वर्षीय म्याक्सिमले भने, ‘मरिउपोलमा खाना र औषधि आएको छैन ।’ करिब ४ लाख जनसंख्या भएको मरिउपोलमाथि नियन्त्रण कायम गरेको खण्डमा रुसले पूर्वी युक्रेन र क्राइमियाबीच सिधा सम्पर्क कायम गर्न सक्छ ।

तेस्रो ठूलो सहर तथा कृष्ण सागरको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाह ओडेसामा पनि रुसी सेनाले भारी बमबारी गरेको छ । त्यस्तै, राजधानी किभमा पनि रुसी सेनाले बिहीबार ठूल्ठूला विस्फोटहरू गराएको युक्रेनी अधिकारीले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक दृश्यहरूमा किभको आकाशमा आगोको विशाल लप्का देखिन्छ । तर किभका लागि हिँडेका रुसी सेनाका सयौं बख्तरबन्द गाडीहरू इन्धन र खानेकुराको अभावका कारण अगाडि बढ्न नसकेका जनाइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: March 5th, 2022 at 1:23 pm
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया