सोमबार २३ साउन २०७९

देशको गौरवसँग जोडिएको नेपाली सेनाले उठायो यस्तो कदम, नेपाली नेताहरुको सातो गयो

देशको प्रतिष्ठासँग जोडिएको नेपाली सेनामा ठुलो परिवर्तन गरिन थालिएको छ । सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ । सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन।

राजनीतिक भनसुन अमान्य हुने आाचार संहिता सेनाले तयार पारेको छ । बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो ।

आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक एवम् कूटनीतिक भेटघाट, भर्ना छनोट, लैंगिक आचरण र उपहार लेनदेनसम्बन्धी विषय छन् ।

सैनिक प्रवक्ताले सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: March 5th, 2022 at 3:04 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया