सोमबार २३ साउन २०७९

सुर्खेत ।

कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमाल ‘मिनी’ तीन दिन अगाडी पसलको सामान हाल्न कालिकोटबाट नेपालगन्ज गएका थिए। तिलागुफा नगरपालिका वडा नम्बर ३ मा उनको कपडा पसल छ।

उनको नाम कृष्ण भए पनि उनलाई गाउँलेले माया गरेर ‘मिनी’ नामले बोलाउँथे। उनले नेपालगन्जबाट आफूले चिनेका साथीको भे १ क ९२२ नम्बरको ट्रकमा पसलको सामान राखेर कालिकोट आउँदै थिए।

सुर्खेतको सुब्बाकुना प्रहरी पोस्टमा पुग्नै लाग्दा शुक्रवार राती साढे १० बजिसकेको थियो। प्रहरी पोस्टमा गाडी इन्ट्री गर्नेक्रममा चालकले रक्सी खाएको प्रहरीले थाहा पायो। गाडी रोकियो।

प्रहरी र चालकबिच वि”वाद चलिरहेकै बेला सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेर सिं धामी आएर चालक”लाई अ” श्ली’ल गा” ली गर्न थाले। कृष्णले ‘बरु कानुन अनुसार कारबाही गर्नुस्। किन आमा गा”ली गर्नुभएको’ भने।

जवाफ फर्काएको भनेर धामी रिसाए। उनले ‘मापसे पनि गर्ने अझै ठुलो कुरा गर्ने’ भन्दै गाडीमा सवार कृष्णका साथी चालक, सहचालक र गाडीसहित तीनै जनालाई चौकीमा लगे।

यही विषयमा असई धामी र कृष्णबिच झगडा भएपछि उनलाई अलग्गै कोठा”मा लिएर कुट”पिट गरेको चालकले बताएको कृष्णका भतिजा यादव पाण्डेले बताए।

‘मेरो अङ्कल नाता पर्ने कृष्ण हमाल पसलको सामान ल्याएर कालिकोट आउँदै गर्दा चालकले मा”पसे गरेको विषयमा झ”गडा भएछ। उहाँ असई सापले आमा गा”ली गरेपछि अङ्कलले बरु का”नुन अनुसार का” रबा”ही गर्नुस् किन गा”ली गरेको भन्दै जवाफ फर्काउनुभएछ,’पाण्डेले भने, ‘मा”पसे गर्ने अझै बढी बोल्ने भन्दै गाडीसहित तीनै जनालाई लिएर थुनेछन्। बिहान अङ्कलला”ई मा” रि”सकेका रहेछन्। चेक गराउन लैजाऊ भनेर चालकसँग अस्पताल पढाएका रहेछन्।’

उनका अनुसार मृ” तक हमालको तल्लो पेट र अण्डकोषमा चोट लागेको र अन्य शरीरमा पनि नी” लडाम छन्। आफूहरूले न्या”य पाउनुपर्ने र दो”षीलाई का”र”बाही नभए स”शक्त आ”न्दोलन गर्ने उनको भनाई छ।

कृष्णले कपडा पसल खोलेको एक वर्ष भयो। उनी घरको जेठो सन्तान हुन्। उनको घरमा बुवा आमासहित तीन भाइ छन्। उनले विवाह गरेको दुई महिना मात्र भयो।

उनलाई उपचार गर्न ल्याइएको सुर्खेत अस्पताल प्रालिले अस्पताल ल्याउनु अगाडि नै हमाल”को मृ” त्यु भइसकेको विज्ञप्ति मार्फत जनाइसकेको छ।

अहिले श”वलाई सुर्खेत अस्पतालमै राखिएको छ। कालिकोटबाट उनका बुवा आमा र आफन्त पनि केही बेरमै पुगेपछि आवश्यक प्रक्रिया अगाडी बढाइनेछ।


Last Updated on: March 6th, 2022 at 11:38 am
४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया