सोमबार ३० साउन २०७९

धरान- १८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नं. १०९ मा महिलाको ह,’त्या गरी फरार रहेका पुरुष अन्ततः पाँच दिन पछि प्रहरी फ’न्दामा परेका छन् ।

पक्राउ परेका पुरुष धनकुटाको पख्रिबास नगरपालिका-६ फलाँटे घर भएका २४ बर्षिय दिनेश राना मगर भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए ।होटलमा महिलाको ह,’त्या गरी फरार रहेका राना मगरको पहिचान प्रहरीले गरेर खोजी गर्नेक्रममा शनिवार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको उनको ससुरालीबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा हत्या गरी फरार रहेका राना मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका दिनेश पनि विवाहित रहेको बताइएको छ । प्रहरीका अनुसार केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गरेको र सोही समयमा इटहरी-५ तुलसा टोल बस्दै आएकी मृ’तक सुमित्रा तामाङसँग भेट भएको थियो ।

सो क्रममा उनीहरू बिच माया प्रेम हुन पुगेको थियो । दिनेश पछिल्लो समय ह्याभी इकुपमेन्टको सह चालक बनेर ३,४ महिना देखि भोजपुर बस्न थालेका थिए । यो बिचमा उनीहरूको सम्बन्धमा ख’टपट भए पछि होटलमा ह,’त्या गर्न पुगेको प्रहरीको प्रारम्भिक बयानमा बताएको र आफूले ह,’त्या स्वीकारेको प्रहरीले बताएको छ ।

पक्राउ पछि दिनेशलाई धरान ल्याइँदै गरिएको र आज आइतबार पत्रकार स’म्मेलनको आयोजना गरी बृस्तिृत जानकारी दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए । गत मंगलबार धरान-१८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ठ हाउसमा पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीय सुमित्रा तामाङ मृ’त फेला परेकी थिइन् ।

मृ’तकको श’वको पहिचान उनकै छोराछोरीले गरेका थिए । उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएका थिए ।


Last Updated on: March 6th, 2022 at 1:17 pm
५५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया