सोमबार २३ साउन २०७९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउनुभएको छ ।

उहाँले विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भन्नुभएको छ । उहाँले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताउनुभयो । ‘युरोपका नागरिक कृपया जाग्नुहोस्, रुसी बलले युक्रेनको आणविक प्लान्टमा आक्रमण गरिहेकोबारे आफ्ना नेताहरूलाई भन्नुहोस्’, जेलेन्स्कीले भन्नुभएको छ ।

आफू अमेरिका, बेलायत र ईयूका नेताहरूको सम्पर्कमा रहेका उहाँले बताउनुभएको छ । साथै जेलेन्स्कीले इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) सँग पनि कुराकानी भएको उल्लेख गर्नुभएको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।


Last Updated on: March 6th, 2022 at 1:43 pm
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया