सोमबार ३० साउन २०७९

सुर्खेत ।

कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आफन्त र स्थानीयले वीरेन्द्रनगर बजार आइताबार बिहानैदेखि बन्द गराएका छन् ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटाइ खाएका तिलागुफा नगरपालिका(३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि वीरेन्द्रनगर बजार र सडक बन्द गरेर प्रदर्शन गरेका हुन् ।

परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । वीरेन्द्रनगर बजारको प्रवेशद्वार सुब्बाकुनाका प्रहरीले हमाललाई कुटेर हत्या गरेको उनीहरूको आरोप छ ।

सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ भने चोकचोकमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।

न्यायको माग गर्दै प्रदर्शन थालिएको मृतकका दाइ नाता पर्ने देवीकृष्ण पाण्डेले जानकारी दिए । ‘हामीले न्यायका लागि प्रदर्शन गरेका हौं, न्याय नपाएसम्म गरिहन्छौं,’ उनले भने ।

घटनबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए । ‘स्थानीयले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन्, आन्दोलनलाई हिंसात्मक हुन नदिन आवश्यक सुरक्षाकर्मी खटाइएको छ,’ उनले भने ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: March 7th, 2022 at 11:22 am
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया