आइतबार १४ जेठ २०८०

बिएण्डसी अस्पताल झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै प्रसाईले ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई उपचार गराइरहेका थापाको उपचार गर्ने जनाएका हुन् ।

थापालाई उनले नेपालको गणतन्त्र स्थापनामा लागेका एक असल सामाजिक अभियन्ता भन्दै विज्ञप्तिमा लेखेका छन्–‘वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस्भ

न्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको वहाँको सम्पूर्ण खर्च बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

थापाको उपचारका लागि शुक्रबार साँझ गोफण्डमी मार्फत चन्दा गरिएकोमा बिहानसम्म झन्डै २६ लाख रुपैयाँ उठिसकेको छ । थापा केहीदिन अघि कोराना संक्रमण भएपछि उपचारका क्रममा छन् ।


Last Updated on: May 29th, 2021 at 7:08 pm
७६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया