बुधबार २५ साउन २०७९

काठमाडौं। महिला एकदिवसीय विश्वकपमा अहिले भारत र पाकिस्तानबीच खेल हुँदैछ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई सधैं हाइभोल्टेज खेल मानिन्छ ।

यो खेल सुरु हुनुभन्दा ठिक अगाडि खेल्नलाई मैदान पुगेकी पाकिस्तानी कप्तान बिस्माह मारुफको एउटा तस्वीर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले उनको यो तस्वीर ट्वीट गरेको थियो ।

खेल सुरु हुनुभन्दा अगाडि मैदान पुगेकी कप्तान बिस्माहले काखमा आफ्नी ७ महिनाकी छोरी लिएर पुगेकी थिइन् । यो फोटो देखेपछि सामाजिक संजालमा बिस्माको निकै प्रशंशा भइरहेको छ ।

बिस्माहको विवाह २८ नोभेम्बर २०१८ मा अबरार अहमदसँग भएको थियो । अबरार पेसाले सफ्टवेयर इन्जिनियर हुन् । बिस्माहको सपना पनि क्रिकेटर बन्नु थिएन । उनी डाक्टर बन्न चाहन्थिन् तर परिवारको दबाबमा उनी क्रिकेटर बनिन् ।

बिस्माहले अहिलेसम्म पाकिस्तानको राष्ट्रिय टिमको लागि १०८ एकदिवसीय र १०८ नै टि–२० खेल खेलेकी छिन् । उनले एकदिवसीयमा २ हजार ६०२ र टि–२० मा २ हजार २२५ रन बनाएकी छिन् ।

उनले कुनै फरम्याटमा शतक भने बनाउन सकेकी छैनन् । उनको एकदिवसीयमा उच्च स्कोर ९९ रन हो । ३० वर्षकी बिस्माह स्पिन अलराउण्डर हुन् । उनले गएको अगष्ट ३० मा छोरी जन्माएकी थिइन् । त्यसपछि केही समय उनी मैदानबाट बाहिर रहिन् ।[][]

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: March 7th, 2022 at 2:08 pm
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया