
मस्को [रूस], २३ फागुन-रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०:०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ। सो कुरा विभिन्न सञ्चार माध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वय मुख्यालयलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
“विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै, साथै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्नुभएको व्यक्तिगत अनुरोधमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिनुभएको हो। यसै बीच संयुक्त राष्ट्र संघ, ओएससीई, आईसीआरसी र अन्य अन्तरराष्ट्रिय संस्थाका सान्दर्भिक संरचनाहरूलाई सञ्चारमाध्यमलगायत सबै उपलब्ध सूचना स्रोतहरूमार्फत जानकारी गराइएको छ।
“हामी माग गर्दछौं कि युक्रेनी पक्षले उल्लिखित दिशाहरूमा मानवीय कोरिडोरहरू सिर्जना गर्नका लागि सबै शर्तहरू कडाइका साथ पूरा गर्न र नागरिक र विदेशी नागरिकहरूको संगठित दस्ता फिर्ता सुनिश्चित गर्नुपर्दछ,” स्पुतनिकले जनाएको छ।
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’