सोमबार २३ साउन २०७९

२२ फागुन ०७८, काभ्रेपलाञ्चोक । काभ्रेमा एक वालकको भुसा काट्ने मेसिन पल्टदा मृत्यु भएको छ ।

प््रहरीका अनुसार बेथानचोक गाउँपालिका ३ लुर्कु चनौटे बस्ने रोशन श्रेष्ठकी छोरी ५ वर्षीया रीतिका श्रेष्ठको भुसा काट्ने मेसिन पल्टेर थिच्दा मृत्यु भएको हो । उनको आफ्नै घरमा खेल्ने क्रममा भुसा काट्ने मेसिन पल्टिएर किच्दा शनिबार दिउँसो मृत्यु भएको थियो ।

मेसिनले किचेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका सम्वन्धमा प्रहरी चौकी ढुङ्खर्कबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीमबहादुर रावल यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइ बनेका छन् । महाधिवेशनमा अध्यक्षमा ओली विरुद्ध उम्मेदवारी दिएर पार्टीमा झनै प्रभावशाली बन्दै गएका रावल पार्टीले लिएको नीतिविरुद्ध खुलेरै अभिव्यक्त दिन थालेका छन् ।

रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्। रावलको यो अभिव्यक्तीलाई धेरैले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा दिएको अभिव्यक्ती भएको आरोप लगाइरहेका छन् ।

एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।

यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।

‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो?’ उनले प्रश्न गरेका छन्, ‘कसरी बुझ्ने?संसद अवरोध के भयो त अब?’

यसअघि पनि नेता रावलले एमालेको अवरोधका बीच बजेट प्रतिस्थापन विधेयक पारित भएपछि सरकारले काम गर्न पाउनेगरी गरिएको अवरोधको कुनै अर्थ नहुने बताएका थिए। उनले कि सशक्त अवरोध गर्नुपर्ने होइन भने जनजीविका सवालका विषय संसद आउन दिनुपर्ने धारणा राखेका थिए।


Last Updated on: March 7th, 2022 at 5:56 pm
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया