
भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहिकी ममतामयी आमाको निधन भएको बर्षौँ बितिसकेको शाहिले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन। ज्ञानेन्द्रले फेसबुक मार्फत आज एउटा स्टाटस पोस्ट गर्दै आमालाइ सम्झिरहेको लेखेका छन। मन भुलाउने बाटो केही नभएपछी आफुसङ्ग भएको एउटा तस्बिर नै सामाजिक सन्जालमा राखेको उनले जानकारी दिएका छन। ज्ञानेद्र शाहिले स्व. आमालाइ लेखेको पत्र जस्ताको तेस्तै:
सम्जनामा मेरि आमाको म सङ यहि मात्र फोटो छ।
पर्खी बस्नु म पनि चाडै आउछु आमा मेरो जीवन सारै छोटो छ ….आज बर्सौ भो हजुर ले छोडेर गएको हरेक पल पलपलमा हजुर को याद आउँछ म कता जाउ र कहाँ जाउ ..हजुर लाई कसरी सुनाउ मेरो मनको पिडा अनि सम्जना अनि हजुर को माया लाग्यो। यहि सामाजिक संजालमा लेखेपछी पनि हजुर को मा पुग्छ कि जस्तो लाग्यो सबै कुरा बिर्सिएर लेखे!माफ पाउ । कुन स्रोत र माध्यम होला हजुर कहाँ मेरो कुरा सुनाउने यहि खोजिरहे छु ।। हजुर सम्झिदा आँखा भरी आँसु हुन्छन मुटु भारी भएर आउँछ छाती पोल्छ…
यो पनि पढ्नुस
मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।
उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।
उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।
१) पैसाको पछि दौडिँदैनन्
मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।
२) साहसी व्यक्तित्व
उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।
३) पर्याप्त खर्च गर्छन्
उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।
४) आफैँलाई विश्वास गर्छन्
उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।
५) ठूलो सपना
ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।
६) निरन्तर खट्छन्
दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।