
रुसले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको छ ।
युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन् ।
उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन् ।
युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन् ।
युक्रेनी रक्षा अधिकारीहरूले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन् ।
युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जमा गर्न थालेको छ ।
त्यसको तयारी स्वरूप किएभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बताइएको छ
सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन् ।
रुसले यु द्ध वि रामको पालना नगरेको युक्रेनले आ रोप लगाएको छ । रुसले ह मला जारी राखेपछि यु द्धग्र स्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ ।
रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी यु द्ध वि राम घो षणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले यु द्ध रोकेको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसका कारण हजारौं नागरिकलाई सुरक्षित तरिकाले बाहिर निकाल्ने काम प्रभावित भएको छ ।
मारियुपोलका उपमेयर सग्रेइ ओर्भोभले बीबीसीसँग भनेका छन्, ‘रुसी सेनाले आधा घण्टाभन्दा पनि कम समयका लागि ह मला रोक्यो र फेरि लगातार बमबारी सुरु गर्यो । मानिसहरुलाई बाहिर निकाल्न तयार गरिएको बसहरुमा पनि आ क्रमण गरिएको छ ।’
उनले भनेका छन्, ‘रुसी सैनिकले शहरलाई ध्वस्त बनाइरहेका छन् । युक्रेनीहरुलाई मा रिरहेका छन् । सडकमा छ रिएका ला शसमेत हामीले उठाउन पाइरहेका छैनौं । आ क्रमणमा कति जना मा रिए भन्नेसमेत जानकारी छैन । यहाँ सकुशल अवस्थाका भौतिक संरचना सायदै होलान् ।’
रुसले युक्रेनमा आ क्रमण सुरु गरेको आज ११ औं दिन हो । राजधानी किएभको उत्तर पश्चिम क्षेत्रका शहरहरुमा रुसी सेनाले आक्रमण जारी राखेका छन् । इरपिनमा रहेका बीबीसी सम्वादाताका अनुसार यहाँबाट मानिसहरु अति आवश्यक सामानहरु बोकेर सुरक्षित स्थानमा जाने कोसिस गरिरहेका छन् । बीबीसीका अनुसार इरपिनमा शनिबार रातभर पनि रुसले आ क्रमण गरेको छ ।