सोमबार ३० साउन २०७९

राप्रपा नेपाल समर्थित विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो ।

बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।

बिहीबार मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर रु पाँच रुपैयाँ मूल्यवृद्धि गरेको छ । अहिले काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको १३३ रुपैयाँ पुगेको छ ।

२०७८ सालको बैशाखयता १५ पटक मूल्य समायोजन गर्दा १२ पटक मूल्य बढेको छ भने एकपटक मूल्य घटेको छ अन्य दुई पटक हवाई इन्धन समायोजन गरेर अन्य इन्धनको मूल्य यथावत राखिएको छ ।

काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीमबहादुर रावल यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइ बनेका छन् । महाधिवेशनमा अध्यक्षमा ओली विरुद्ध उम्मेदवारी दिएर पार्टीमा झनै प्रभावशाली बन्दै गएका रावल पार्टीले लिएको नीतिविरुद्ध खुलेरै अभिव्यक्त दिन थालेका छन् ।

रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्। रावलको यो अभिव्यक्तीलाई धेरैले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा दिएको अभिव्यक्ती भएको आरोप लगाइरहेका छन् ।

एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।

यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।

‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो?’ उनले प्रश्न गरेका छन्, ‘कसरी बुझ्ने?संसद अवरोध के भयो त अब?’


Last Updated on: March 8th, 2022 at 5:34 pm
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया